संकटा क्लबलाई विकास रनिङ शिल्ड अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबलको उपाधि


bikesh_running_cupसंकटा क्लब टुबोर्ग विकास रनिङ शिल्ड अन्तर्राष्टिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

चितवनको नारायणगढस्थित क्याम्पाचौरमा आइतबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–० ले पराजित गर्दै संकटाले उपाधिमाथि कब्जा जमाएको हो ।

संकटाको जितमा तीनै गोल निराजन खड्काले गरे । उनले खेलको १०औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अतिरिक्त समय थप एक गोल गर्दै अग्रता दोब्बर पारेका खड्काले दोस्रो हाफको ८१औं मिनेटमा गोल गरी आफ्नो ह्याट्रिक पूरा गरे ।

खड्का ‘म्यान अफ द म्याच’समेत घोषित भए । प्रतियोगितामा आर्मीले भने एउटा अवसरकोरुपमा पाएको पेनाल्टी सदुपयोग गर्न सकेन ।

प्रतियोगिताको विजेताले नगद ३ लाख रुपैयाँ र उपविजेताले एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । चितवनको फुटबलमा यो सर्वाधिक धनराशी हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?