सिड्नीको नेपाल महोत्सवमा अभिभावकहरुलाई निःशुल्क लञ्च प्याकको व्यवस्था


एनआरएन अष्ट्रेलिया, विभिन्न नेपाली सामूदायिक संघसंस्थाको आयोजनाका साथै दूतावास, वाणिज्यदुतको कार्यालय, नेपाल पर्यटन बोर्ड समेतका सहभागितामा गर्न लागेको सिड्नीको नेपाल फेष्टिभलमाअभिभावकहरुको लागि विशेष व्यवस्था गरिने भएको छ । sydneyएनआरएन अष्ट्रेलियाले दिएको जानकारी अनुसार नेपालबाट आफन्तजन भेट्न आउनुभएका अभिभावकहरुलाई दिउँसो १२ः३० बजेदेखि २ः३० बजेसम्म निःशुल्क लञ्च प्याकेटको व्यवस्था गरिनेछ । एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष एवं न्यूसाउथवेल्स संयोजक दिनेश पोखरेलका अनुसार महोत्सवमा सहभागी हुने अभिभावकहरुलाई नेपाल महोत्सवमा निःशुल्क खानाको व्यवस्था गर्न लागिएको हो । एनआरएन अष्ट्रेलियाका पब्लिक अफिसर समिम अनवरले एमएनटीभीसँग भने, अभिभावकहरुको लागि एनआरएनको सम्मान हो । यसका लागि एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले प्रायोजन गरेको छ । एनआरएन अष्ट्रेलिया न्यूसाउथवेल्स राज्य समितिका सचिव भुपाल सिटौलाले भने लञ्च प्याकेटका साथ एक बोतल पानी पनि निःशुल्क दिइनेछ । ७ सयभन्दा बढी अभिभावकहरुले यसअघिको पिकनिक र भ्रमण कार्यक्रममा सहभागिता जनाउनुभएको थियो । अभिभावकहरुलाई यो हाम्रो सानो सम्मान हो । नेपाल महोत्सवमा पनि सैयौंको संख्यामा अभिभावकहरु आउने अपेक्षा गरिएको छ । यस पटकको नेपाल महोत्सवलाई विशेष गराउने भन्दै यसअघि नै आतिशबाजी गर्ने निर्णय भइसकेको छ भने कार्यक्रम आयोजनास्थल सिड्नीको डार्लिंग हार्बर वरपर नेपालको झण्डा र सगरमाथा, भगवान गौतम बुद्ध अंकीत भएका झण्डाहरु फहराइएका छन् । नेपाल महोत्सवमा सिड्नीमा रहेका नेपालीहरुको ठूलो संख्यामा सहभागिता रहने अपेक्षा गरिएको एनआरएन अष्ट्रेलियाका प्रवक्ता डा. ज्ञानेन्द्र रेग्मीले बताए । सिड्नीको नेपाल महोत्सवमा कन्दरा व्याण्डका साथै गायक सुगम पोखरेल, गायिका अञ्जु पन्त, लोकगायिका पौडेल मञ्जु पौडेल सहभागी हुँदैछन् । यसका साथै अष्ट्रेलियाका नेपाली कलाकारहरुले पनि आफ्नो प्रस्तुति दिनेछन् । यसैगरी नेपाली साहित्यकारहरुले आफ्नो सिर्जना प्रस्तुत गर्नेछन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?