डा. केसीको समर्थनमा सिड्नीमा ऐक्यबद्धता प्रदर्शन, स्काईपबाटै डा. केसीको सम्बोधन


नेपालमा मेडिकल शिक्षा सुधारका साथै भ्रष्टाचारका विरुद्ध अभियान चलाइरहेका चिकित्सक डा गोविन्द केसीको अनसनप्रति ऐक्यबद्धता जनाउन सिड्नीमा आर्यतबार मध्यान्ह प्रदर्शन भएको छ । सिड्नीको होगबेन पार्क कोग्रामा गरिएको यो प्रदर्शनका क्रममा डा। गोविन्द केसीले स्काईप मार्फत ऐक्यबद्धताका लागि धन्यवाद ज्ञापन गरेका थिए । अन्तर्राष्ट्रिय नेपाली समाज अष्ट्रेलियाले गरेको हो । govindaनेपाली युवाहरुले डा केसीको समर्थनमा चालेका सबै कदमलाई साथ दिन यो प्रदर्शन थालिएको संस्थाका अष्ट्रेलिया सयोजक विनोद पौडेलले जानकारी दिए । कार्यक्रममा एनआरएन अष्ट्रेलियाका कार्यवाहक अध्यक्ष दिनेश पोखरेल, पब्लिक अफिसर शमिम अनवर लगायतका व्यक्तित्वहरुको उपस्थिति थियो । प्लेकार्डसहति मौन रुपमा उभिएर आफ्नो ऐक्यबद्धता जनाएका उनीहरुले कार्यक्रम सकेको केहीबेरमा नै नेपालमा केसी र सरकारबीच सहमति बनेको थियो । नेपालमा युवाहरुलाई अनसन बस्न वाध्य नबनाउन नेपाल सरकारलाई दबाब दिने, नेपाल को स्वास्थ्य जगतलाई मेडिकल माफियाको हातमा जानबाट बचाउन नेपाल सरकारलाई दबाब दिने, बिश्वभरी छरिएर बसेका नेपाली युवालाई नेपालमा आन्दोलनरत युवालाई साथ दिनको लागि आग्रह गर्ने उद्देश्यका साथ कार्यक्रम गरिएकोले गरिएको थियो ।
oli-associates

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?