न्युजिल्याण्डको क्राइस्टचर्चमा नेपाली झाँकी, सयभन्दा बढी सहभागी
न्युजिल्याण्डको क्राइस्टचर्चमा नेपाली समुदायले नेपाली कला संस्कृति सम्वद्र्धनका साँस्कृतिक विविधतासहितको झाँकी प्रदर्शन गरेका छन् । इसाइ धर्मावलम्बीको महान पर्व क्रिस्मसको पूर्वकार्यक्रमका रुपमा परिरित सान्टा परेडमा नेपाली झाँकी प्रदर्शन भएको हो । नेपाल न्युजिल्याण्ड फ्रेन्डसीप सोसाइटी क्यान्टवरीको संयोजनमा सान्टा परेडमा नेपाली साँस्कृतिक प्रदर्शन भएको हो । विभिन्न नेपाली साँस्कृतिक पोशाकमा सजिएका नेपालीले बाजागाजा र लाखे नाच सहित परेडमा सहभागिता जनाएका थिए । नेपालको धार्मिक साँस्कृतिक विम्वका रुपमा परिचित बौद्धस्तुपा र ध्वजापताकाले सिंगारिएको सवारीसहित नेपाली झण्डा फहराउँदै नेपाली समुदायले करीब ३ किलोमिटरको पैदलयात्रा गर्दै झाँकी पैदर्शन गरे । हजारौं न्युजिल्याण्डवासीले सडक छेउ उभिएका झाँकी अवलोकन गरे । क्राइस्टचर्चमा वर्षेनी आयोजना हुने परेडमा विभिन्न आप्रवासीसहित १ सय भन्दा बढी समुदाय र संगठनले सहभागिता जनाउँछन् । नेपाली कला संस्कृति प्रवद्र्धनका लागि सन् २००४ मा गठन भएको नेपाल न्युजिल्याड फ्रेण्डसिप सोसाइटीले नेपाली चाडपर्वका अवसरमा पनि साँकृतिक कार्यक्रम आयोजना गर्ने गरेको छ । तस्बिर: अभि आचार्य