तरुण दलका पूर्व पदाधिकारीद्वारा पुनः महाधिवेशन गर्न माग


Newly elected Nepal Tarun Dal President Jitjung Basnet (c) talks to media after his election, in Pokhara of Kaski, on Wednesday, November 16, 2016. Photo: Rishi Ram Baral

पोखरा महाधिवेशनबाट असन्तुष्ट बनेका नेपाली काँग्रेसका भातृ सङ्गठन नेपाल तरुण दलका पूर्व पदाधिकारीले नयाँ वानेश्वरमा छुट्टै भेला गरेका छन् । पोखरामा सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनपछि वरिष्ठ नेता रामचन्द्र पौडेल निकटकाले असन्तुष्टि राख्दै विधि र प्रक्रियाअनुसार महाधिवेशन माग गर्दै भेला गरेका हुन् ।

असन्तुष्टि पक्षधर लक्ष्मी खतिवडाले महाधिवेशनलाई पार्टी नेतृत्वले हस्तक्षेप गरेकाले विधि र विधानसम्मत तरुण दलको महाधिवेशन गर्न माग गर्न भेला गरिएको जानकारी गराउनुभयो । “बन्दसत्र सञ्चालन नै नभई पार्टी नेतृत्वले हस्तक्षेप गरी नयाँ कार्यसमिति बनाएको छ”– उहाँले भन्नुभयो, “यो हामीलाई मान्य छैन । महाधिवेशन विधि र विधानसम्मत चल्नु प¥यो ।” कार्यक्रममा दलका पूर्वअध्यक्ष विनोद कायस्थ, पूर्वमहासचिव पुष्प पराजुली, नेपाल विद्यार्थी सङघका पूर्वअध्यक्ष महेन्द्र शर्मा लगायतले महाविधेशन विधि प्रक्रियामा नै नभएकाले पुनः महाधिवेशन गर्नुपर्ने माग राख्नुभयो । तरुण दलको पोखरामा कात्तिक २७ देखि २९ गतेसम्म महाधिवेशन भएको थियो । महाधिवेशनले जितजङ्ग बस्नेतलाई सर्वसम्मत अध्यक्षमा चुनेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?