पर्यटन प्रबद्र्धनको उपाय खोज्दै एडिलेडमा मन्त्री शाही, आज मेलबर्नको संसदमा जाने


नेपालका पर्यटनमन्त्री जीवनबहादुर शाहीले बिहीबार साउथ अष्ट्रेलियामा पर्यटन प्रबद्र्धनको उपायका बारेमा छलफल गरेका छन् । एक साता लामो अष्ट्रेलिया भ्रमणका क्रममा सबैभन्दा पहिले एडिलेडमा उत्रिएका मन्त्री शाहीले संसद भवनमा विपक्षी दलका नेता स्टेफन मार्शललाई भेट्दा होस् या केही महिना अघि नेपालको भ्रमण गरेर फर्किएकी उपल्लो सदनकी सांसद जिंग लीसँगको भेटमा या बहुसंस्कृति मन्त्री जोई बेटिसन भेट्दा हरेक छलफलमा अष्ट्रेलियाबाट नेपालमा बढीभन्दा बढी पर्यटकलाई कसरी आकर्षित गर्न सकिन्छ भन्ने विषयलाई नै केन्द्रमा राखे । adelaideविहान करिब एघार बजे संसद भवनमा पुगेको मन्त्री शाहीसहितको भ्रमण टोलीले साउथ अष्ट्रेलियाको विपक्षी दलका नेता स्टेफन मार्शलसँग भेट गरेको थियो । उक्त भेटका क्रममा साउथ अष्ट्रेलियाको कुनै शहर र नेपालको एक शहरकाबीच भगिनी सम्बन्ध स्थापना गर्ने विषयमा उठेको थियो । मन्त्री शाहीले अष्ट्रेलियाका युवाबीच नेपालको साहसिक पर्यटनलाई कसरी लैजान सकिन्छ भन्ने विषयमा जिज्ञासा राख्नुभएको थियो । यस्तै नेपालको जडिबुटी र अग्र्यानिक उत्पादनहरुलाई अष्ट्रेलियाको बजार खोज्ने विषयमा पनि छलफल भएको छ । संसद भवनमै उपल्लो सदनकी सांसद जिंग लीसँगको छलफलका क्रममा मन्त्री शाहीले पर्यटन प्रबद्र्धनकै विषयलाई उठाएका थिए भने जवाफमा उनले नेपाल भ्रमणका लागि आफ्नै साथीभाईलाई पनि उत्प्रेरित गर्ने बताएकी थिइन् । दुई महिना अघि नेपालमा भएको भेट र अहिले फेरि अष्ट्रेलियाको संसदमा भएको भेट पुननिर्मलन जस्तो भएको उनको प्रतिक्रिया थियो । minister

दिउँसो मन्त्री शाहीसहितको टोलीले बहुसंस्कृतिमन्त्री जोई बोटिसनसँग भेट गर्यो । भेटमा उहाँले नेपाली समूदाय साउथ अष्ट्रेलियामा सानो संख्यामा भएपनि निकै क्रियाशील रहेको धारणा राख्नुभएको थियो । मन्त्री शाहीले नेपालीभाषी भुटानी शरणार्थीलाई पुनस्र्थापना गर्नका लागि अष्ट्रेलियाले खेलेको भूमिकाको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो । नेपालबाट साउथ अष्ट्रेलिया भ्रमण गर्ने शाही नै उच्च सरकारी प्रतिनिधि हुनुहुन्छ । साउथ अष्ट्रेलियाका बहुसंस्कृति मन्त्री र नेपालका पर्यटनमन्त्री शाहीबीच करिब ३० मिनेट मन्त्रालयमा कुराकानी भएको थियो । यी भेटमा नेपालबाट मन्त्री शाहीसँगै आएका पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायका साथै साउथ अष्ट्रेलियाका लागि नेपालका अवैतनिक महावाणिज्यदूत दिपक धमला, एनआरएन ओसेनिया उपसंयोजक रमेश जोशी, एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष नवीन कँडेल, एनआरएन साउथ अष्ट्रेलियाका सचिव नवीन पन्त र नेपाली समूदायका सदस्य रामबहादुर थापा पनि संलग्न थिए ।

साँझ अन्तरक्रिया

महावाणिज्यदूतको कार्याल र एनआरएन साउथ अष्ट्रेलियाको आयोजनामा साँझ आयोजना गरिएको अन्तरक्रियामा सहभागीहरुले राखेका जिज्ञासाको मन्त्री शाहीले जवाफ दिनुभएको थियो ।adelaide1 उक्त क्रममा नेपालको राजनीतिका बारेमा सोधिएका प्रश्नमा भने मन्त्री शाहीले आफु यतिबेला नेपाल सरकारको प्रतिनिधित्व गर्दै यहाँ आएकोले राजनीतिक विषयमा प्रवेश नगर्ने बताउनुभएको एनआरएन उपाध्यक्ष नवीन कँडेलले जानकारी दिएका छन् ।
रात्रिभोजसहितको अन्तरक्रियामाको सभापतित्व उपाध्यक्ष कँडेलले गरेका थिए भने धन्यवाद ज्ञापन महावाणिज्यदूत दिपक धमलाले गरेका थिए । अन्तरक्रियामा नेपाली समूदायका साथै अन्यको पनि उपस्थिति थियो ।

मेलबर्नमा यस्तो छ कार्यक्रम

मेलबर्नको नेपाल महोत्सवमा प्रमुख अतिथिको रुपमा सहभागी हुनका लागि आउनुभएका मन्त्री शाही आज विहान करिब ९ बजे मेलबर्न आइपुग्नु हुनेछ । यसपछि दिउँसो २ः३० बजे मन्त्री शाहीले भिक्टोरियाको विधान परिषदका सभापति ब्रुस अटकिन्सनसँग भेट गर्नुहुनेछ । यसैगरी भिक्टोरियाको संसद भवनमा भ्रमण गर्ने कार्यक्रम तय भएको छ । आजै साँझ मन्त्री शाही एनआरएन अष्ट्रेलियाले नेपाल महोत्सवको पूर्वसन्ध्यामा आयोजना गरेको गाला डिनरमा सहभागी हुनुहुनेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?