प्रतिबन्धित पाँचऔले तीनकिलोसहित एकजना पक्राउ
इलाका प्रहरी कार्यालय दल्लीले डोल्पा नर्कु गाविस–१ का ६७ वर्षीय नामबहादुर बोहोरालाई तीन किलो प्रतिबन्धित जडीबुटी पाँचऔँलेसहित पक्राउ गरेको छ । भगवती गाविसबाट बगरातर्फ जाँदै गरेको भे१ज ५७६ नंको जिपलाई खगेनकोट–८ स्थित प्रहरी चेक पोस्टमा जाँच गर्दा उक्त परिमाणको पाँचऔलेसहित बोहोरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बोहोरालाई आजै जिल्ला वन कार्यालयमा बुझाइएको छ ।