मेलबर्नमा सुरु भयो न्याभ कप क्रिकेट, हरेक आईतबार म्याचहरु सञ्चालन हुने (भिडियोसहित)


मेलबर्नमा आईतबारबाट न्याभ कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा ७ टिम सहभागी छन् ।
उद्घाटनपछि पहिलो खेल गोर्खाली लायन्स र सगरमाथा रेनेगडेसबीच भएको र टस जितेर बलिङ्ग रोजेको सगरमाथालाई गोर्खाली लायन्सले ५१ रनले अन्तरले पराजित गरेको न्याभका उपाध्यक्ष एवं क्रिकेट संयोजक तारा गैरेले जनाएका छन् । उनका अनुसार गोर्खाली लायन्सले ६ विकेट गुमाउदै ११२ रन बनाएको र उत्सव पराजुली म्यान अफ द म्याच घोषित भका थिए ।

Photo : Arun Chitrakar/Melbourne

यसैगरी हिमालय हुरिकेन्स र नेपालयबीच भएको दोस्रो खेलमा नेपालयले टस जितेर ब्याटिङ रोजेको थियो । ७२ रन बनाएको नेपालयलाई ५।१ ओभरमै हिमालयले पछ्याउन सफल भयो । बाह्र वर्षदेखि सञ्चािलत न्याभ कपको यो वर्षको संसकरणमा हिमालय हुरिकेन्सका कप्तान सुनाम गौतमले १२ बलमै हाफ सेन्चुरीको रेकर्ड बनाएका छन् । म्यान अफ द म्याचको उपाधि हिमालयका आशिष दाहालले प्राप्त गरेका छन् । तेस्रो खेल सगरमाथा स्टार्स र नार्रे किंग्सबीच भएको र उक्त खेलमा १९ औं ओभरमा ३ विकेट र १२० रन सहित नार्रे किंग्स विजयी भएको गैरेले जानकारी दिए । ३४ रन बनाएका नार्रे किंग्सका कप्तान किशोर कंडेल म्यान अफ द म्याच घोषित भए । 
इस्टर्न ब्लुज र सगरमाथा स्टार्सबीच भएको पहिलो दिनको चौथो खेलमा २ रनले इस्टर्न ब्लुज विजयी भएको छ । इस्टर्न ब्लुजका उत्सव देवान म्यान अफ द म्याच बन्न सफल भएका थिए ।
आइतवार नै पाचौं खेल गोर्खाली र नेपालयबीच भएको र गोर्खालीले ५.४ ओभरमा सबै विकेट लिदै ५० रनले विजयी भएको छ । गोर्खालीको लागि सुदेश कंडेल, किरण कंडेल र जेम्स थापाले ३–३ विकेट लिएका थिए । सुदेश कंडेल म्यान अफ द म्याच घोषित भए ।
पहिलो दिनको अन्तिम खेल नार्रे किंग्स र हिमालय हुरिकेन्सकोबीचमा भएको थियो । खेलमा १२९ रन सहित हिमालय हुरिकेन्सले जीत हासिल गर्न सफल भएको थियो । आशिष दाहाल दोस्रो पटक म्यान अफ द म्याच भए । अम न्याभ कपका खेलहरु हरेक आईतबार खेलिनेछन् ।

 

Watch Video here

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?