नक्कली कागजात बनाई विदेश पठाउने र विजुली चोर्ने एकजना पक्राउ
आर्थिक अवस्था कमजोर भएका महिलालाई राम्रो काममा युनाइटेड अरब इमिरेट्स९युएई० लगायत खाडीका विभिन्न देश पठाइदिन्छु भनी प्रलोभनमा पारी नक्कली कागजात बनाई विदेश पठाउने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बूढानीलकण्ठ नगरपालिका कपन बस्ने एक्सिस ओभरसिज गौशालाका सञ्चालक सुदर्शन खड्काले नक्कली कागजात बनाई युएई पठाउन लागेको भेटिएपछि थप दुईलाई प्रहरीले पक्राउ गरेको हो ।
खड्काले सुनसरी हासपोसा गाविस स्थायी ठेगाना घर भई हाल ओख्तुहाङग टुर एन्ड ट्राभल्सका सञ्चालक जीवन जिमी राई र निजको कर्मचारी कृष्ण वाग्लेसँग मिली एक पीडित महिलाको विवाह दर्ता तथा नाता प्रमाणित नक्कली बनाई बेचबिखन गर्ने उद्देश्यले विदेश लैजान लागेको प्रहरीले जनाएको छ ।
सो टुर एन्ड ट्राभल्समा खानतलासी गर्दा कम्प्युटरमा विभिन्न सरकारी कार्यालयको लोगो तथा कागजात फेलापरेको थियो । सरकारी कार्यालयको कागजात तथा दस्तखत कीर्ते गरी मानव बेचबिखन गरेको कसुरमा कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडाँै पठाइएको महाशाखाले जनाएको छ ।
विद्युत् चोरीमा संलग्न थप एक पक्राउ विद्युत् चोरीमा संलग्न सुकेधारामा बुद्ध वासिङ सेन्टरका सञ्चालक सिन्धुपाल्चोक, लिसङ्खुका स्थायी घर भएका बुद्धकुमार लामालाई प्रहरीले पक्राउ गरेको छ । बिजुली मिटर एक थान र बिजुली मिटर सिल दुई थानसहित उनलाई बिहीबार पक्राउ गरी आवश्यक कारबाहीको लागि महानगरीय परिसर काठमाडौँ पठाइएको छ । यसअघि विभिन्न उपकरणको प्रयोग गरी गैरकानुनीरूपमा मिटर बक्सको अङ्क घटाइ विद्युत् चुहावट गरी विद्युत्को खपत बढाउनुका साथै प्रत्यक्ष रुपमा विद्युत्भार कटौतीमा समेत प्रभाव पारी ठगी गर्ने कार्यमा संलग्न १६ जनालाई गत माघ ९ गते पक्राउ गरेको थियो । यसैबीच कपनमा रहेकोे रामकृष्ण ढुङ्गेलले सञ्चालन गरेको सवनम प्लास्टिक उद्योग, चाबहिलस्थित मुरारी थापाले सञ्चालन गरेको टेम्पु चार्जिङ कारखाना र ललितपुर इमाडोलस्थित रमेशकुमार लुनियाले सञ्चालन गरेको बोतल कारखानाबाट बिजुली सिल दुई÷दुई थान र बिजुली मिटर एक÷एक थान बरामद गरेको छ । तीनै जना सञ्चालक भने फरार रहेको महाशाखाले जनाएको छ ।