नेपाली गीत संगीतको श्रीबृद्धिमा खुल्यो संगीत सागर युट्युब च्यानल, “अक्षिता रानी” सार्बजनिक
केही बर्ष यता अष्ट्रेलियाबाट संगीत सिर्जनाको क्रम निरन्तर जारी छ । यसलाई नियमित निरन्तरता दिने एक गायक संगीतकार हुन् किरण भण्डारी । यसैक्रममा अष्ट्रेलियाका युवा संगीतकार किरण भण्डारीले नयाँ युट्युब च्यानल संगीत सागर सुरु गरेका छन् । यही अवसरमा नयाँ गीत “अक्षिता रानी” सार्बजनिक गरिएको छ ।
किरण भण्डारी नेपाली संगीत पारखिबीच परिचित नाम हो । उनको काँडाघरि, भनन तिमिलाई, राफ्टिङ चडेर जस्ता एक दर्जन गीतहरु सार्बजनिक भैसकेका छन् । अष्ट्रेलिया र प्रबासमा रहेका कलाकारहरुलाई प्रोत्साहान गर्न यो च्यानल खोलिएको भण्डारीले बताए । भिडियोबाट आएको रेभिन्युको को सत्तरी प्रतिशत कलाकारलाई नै दिने उनको धारणा छ ।
सर्बजनिक भएको गीत”अक्षिता रानी” एउटी आमा जेनिशा गौतमले आफ्नो छोरी अक्षिताको लागी लेखेकी अनि गाएकी हुन। यो गीतमा सब्द, सङीत र भाबको राम्रो मिश्रण पाईन्छ। जेनिशा गौतमको नेपाली गीत सङीतमा यो पहिलो पाईला हो ।
गीतको भिडियोमा छायांकन, सम्पादन र निर्देशन सुमन पाण्डेले गरेका हुन् । सुमन केही हप्ता आघी मात्र गीतकार को रूपमा “भनन तिमिलाई कस्ले सिकायो” गाना लिएर श्रोतासामु उपस्थित भएका थिए। साथै छायांकन र निर्देशनको क्षेत्रमा पनि उनको यो पहिलो जमर्को हो।