न्याभ कप क्रिकेटको फाईनलमा हिमालय हुरिकेन्स र गोर्खाली क्लब उपाधिका लागि भिड्दै
सात राउण्डको लिग चरणका खेल सम्पन्न हुँदा न्याभ कप क्रिकेटको उपाधिका लागि आगामी मार्च १२ तारिखका दिन हिमालय हुरिकेन्स र गोर्खाली लायन्स खेल हुने भएको छ । लिग चरणको खेलमा अविजित रहँदै तालिकाको शीर्ष स्थानमा रहेको थियो भने यस प्रतियोगितामा पहिलो पटक सहभागी भएको गोर्खाली लायन्स क्लब रन रेटका आधारमा फाईनलमा पुगेको हो । यो पंक्तिमा सगरमाथा रेनिगेट्स र नरेकिंग्स पनि रहेको थिया । सगरमाथा रेनिगेटस र नरेकिंग्स तेश्रो स्थानका लागि भिड्नेछन् । न्याभ कप क्रिकेटका संयोजक तारा गैरेका अनुसार स्थानीय टीडब्लू ब्लेक पार्क प्रेस्टनमा हुने फाईनल प्रतियोगितासँगै किड्स क्रिकेट क्लिनिक, ओमन्स सुपर टेन म्याच, सिनयर सुपर टेन म्याच पनि आयोजना गरिनेछ । बालबालिकाको लागि आयोजना गरिने क्रिकेट क्लिनिकको लागि अष्ट्रेलियाको बिग बासमा सहभागी भइसकेको मेलबर्न स्टार्स क्लबले सहयोग गर्नेछन् । संयोजक गैरेले न्याभ कपको फाईनल प्रतियोगितामा सहभागी हुनका लािग मेलबर्नवासी नेपाली समूदायलाई आग्रह गरेका छन् । उनी भन्छन्, नेपाली समूदायमा क्रिकेट खेलको विकास गर्नका लागि हामीले हरेक वर्ष आयोजना गर्ने यो प्रतियोगिताको फाईनलमा सहभागी हुन सबैलाई आग्रह गर्दछु । यसले खेलाडीलाई प्रोत्साहन मात्र मिल्ने छैन हामी समूदायका सदस्यहरुबीच एकता समेत कायम गर्ने विश्वास हामीले लिएका छौं । उनी भन्छन्, :नेपाली समूदायमा क्रिकेट खेलको विकास गर्नका लागि हामीले हरेक वर्ष आयोजना गर्ने यो प्रतियोगिताको फाईनलमा सहभागी हुन सबैलाई आग्रह गर्दछु । यसले खेलाडीलाई प्रोत्साहन मात्र मिल्ने छैन हामी समूदायका सदस्यहरुबीच एकता समेत कायम गर्ने विश्वास हामीले लिएका छौं ।”