आईसीसी वल्र्ड लिग क्रिकेट च्याम्पियनशिप, नेपालले केन्यालाई सात विकेटले हरायो


जित्नैपर्ने दबाबका साथ मैदानमा उत्रिएका नेपाली क्रिकेट खेलाडीले शानदार प्रदर्शन मात्र गरेनन् ६ रन आवश्यक रहेको बेलामा अन्तिम छक्का प्रहार गर्दै उपस्थित दर्शकलाई रोमाञ्चक खेलको मज्जा पनि दिलाएका छन् । प्रसंग हो आईसीसी विश्व लिग क्रिकेट च्याम्पियनशिप अन्तर्गत केन्या विरुद्धको दोश्रो खेलको । केन्याले १ सय ५६ रनको लक्ष्य दिएपछि मैदानमा उत्रिएको नेपालले ३० दशमलब २ ओभरमा मात्र तीन विकेट गुमाएर उक्त लक्ष्य पूरा गरेको थियो । नेपालका लािग कप्तान ज्ञानेन्द्र मल्लले ६५ रन बनाए भने मल्ले ८ चौका र एक छक्का हानेका थिए । यस्तै दिपेन्द्र ऐरीले ६२ रनको योगदान दिए जसमा उनले ८ चौका र एक छक्का नै हान्न सफल भए । ऐरी पेभेलियन फर्किएपछि मैदानमा प्रवेश गरेका शरद भेषवाकरले मात्र ११ बलमा २४ रनमात्र बनाएनन् ४ चौका र अन्तिमको फिनिसिंग छक्का पनि प्रहार गरेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?