अनुप थापाको ‘द लाष्ट हग’को प्रिमियर, जीवनका मोडहरु सरल ढंगबाट प्रस्तुत गर्ने जमर्को (भिडियोसहित)


अष्ट्रेलियाको ब्रिसबेनमा क्रियाशील युवाहरुको सर्टमुभी द लाष्ट हगको प्रिमियर गरिएको छ । बुधबार स्थानीय मेल्टनस्थित एथेर ब्रिविङमा आयोजना गरिएको प्रिमियरमा कलाकारहरु र अन्य उपस्थित दर्शककाबीच “द लाष्ट हग” प्रदर्शन गरिएको थियो । उक्त अवसरमा एमएनटीभीसँग कुरा गर्दै यसका निर्माता, निर्देशक अनुप थापाले आफ्नै वरिपरि भएको घटनाक्रमलाई नै आफुले पर्दामा उतारेको बताए । उनले भने, “हामीले आँखा अगाडि देखेकै दृश्यहरु हुन् तर हामीले त्यसलाई देखेको नदेखेकै गरिरहेका थियौं । यस्तो कथालाई मैले समेट्ने प्रयास गरेको छु ।” उनले कथावस्तुका विषयमा थप खुलस्त पार्दै भने, “मायामा नै संसार अडिएको छ भनिन्छ । प्रेमको परिभाषा त कसैले दिन सक्दैन तर मैले त्यसलाई आफ्नै पारामा पेश गरेको छु ।” करिब १९ मिनेटको यो चलचित्र हेरिसकेपछि उपस्थित दर्शकले अनुपको प्रस्तुतिशैली मन परेको प्रतिक्रिया दिएका छन् ।  सर्टमुभीमा सुश्रद्धामनि प्रधान, विपिन कार्की, विल टोफ्ट, प्ररट्याक स्टेडजेक, एड्रियन नियाली लगायतले अभिनय गरेका छन् । चलचित्रको छायाँकन ईराज किरण श्रेष्ठ र डेभेन गासिट्टाले गरेका छन् । यस्तै संगीत मनिष महर्जनले दिएका छन् । दृश्य सम्पादन ज्याकव पोलले गरेका हुन् । मेरो दाङ ईभेन्टससँगको सहकार्यमा पर्पल स्नो ईन्टरटेन्मेन्टले चलचित्र बनाएको हो । द लाष्ट हग हेर्नका लागि तलको लिंकमा क्लीक गर्नुहोला

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?