जुटेन सहमति संविधान संशोधनमा, सङ्घीय गठबन्धनका विरोध कार्यक्रम सार्वजनिक
दिउँसो प्रधानमन्त्रीसँग बालुवाटारमा छलफल गरेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल सहितको सङ्घीय गठबन्धनले संविधान संशोधनका लागि दबाव स्वरुप विरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।
बिजुलीबजारस्थित राजपाको केन्द्रीय कार्यालयमा बसेको सङ्घीय गठबन्धनको बैठकले वैशाख २९ र जेठ १ गते विरोधका कार्यक्रम गर्ने निर्णय गरेको हो । राजपाका नेता केशव झाका अनुसार वैशाख २९ गते प्रदेश नं। १, २, ५ र ७ का सबै जिल्ला सदरमुकाममा विरोध सभा र १ गते मोटरसाइकल ¥याली गरिनेछ । परिमार्जनसहित संविधान संशोधनलाई दबाब दिन विरोधका कार्यक्रम ल्याइएको गठबन्धनले जनाएको छ । आगामी संसदको बैठकबाट संशोधन प्रक्रिया अघि नबढाइए थप विरोधका कार्यक्रम सार्वजनिक गरिने नेता झाले बताउनुभयो ।