डान्सबार बुक गरेर रमाइलो गरिरहेका १९८ जना किशोर किशोरी पक्राउ


प्रहरीले बालाजुमा रहेको हिमालय डान्सबारबाट १९८ जना युवायुवतीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख, प्रहरी नायब उपरीक्षक सन्तोष तामाङले पक्राउ पर्नेमा कक्षा ८ देखि १० जोड दुई पढ्ने विद्यार्थी रहेको जानकारी दिनुभयो । पक्राउ पर्ने १५८ युवा र ४० युवती रहेका छन् । पक्राउ परेका अधिकांशले मादक पदार्थ र धूमपान गरेको भेटिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “साङ्गीतिक कार्यक्रममा सहभागी हुन त पाइन्छ तर विकृत रुपमा यसलाई प्रयोग गरेको पाइयो ।” मादक पदार्थ खाएर होहल्ला गरेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । उनीहरुले सो डान्सबार भाडामा लिएर ‘डान्स पार्टी’को आयोजना गरेको भेटिएको छ । तस्वीर सांकेतिक मात्र हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?