अनीता सुवेदीको शब्दमा मञ्जु पौडेलले गाइन् सिड्नीका नेपाली महिलाको आवाज
तीज आउन केही समय बाँकी छ । तर, यसको तयारीका लागि तीज गीत बजारमा ल्याउने क्रम सूरु भएको धेरै भइसक्यो । यसैक्रममा सिड्नी निवासी गीतकार अनिता सुवेदीको शब्दमा गायिका मञ्जु पौडेलले “पद्छु भनि सपना बोकी अस्ट्रेलिया आए
विदेश आइ मै छोरीले सारै नै दुख पाएँ” बोलको गीत सार्वजनिक भएको छ । नारीको समसामयीक दुखले प्रोत्साहित भएर तयार पारिएको यो गीतले अष्ट्रेलियामा पढ्न आएकी चेलीको दुःखलाई समेटेको छ । गीतकार सुवेदीले एमएनटीभीसँग भनिन्, “अष्ट्रेलिया आउँदा मैले र मजस्तै अरु साथीहरुले भोगेको पीडालाई गीत मार्फत पोख्न प्रयास गरेकी छु ।” गीतको म्युजिक भिडियो रिलिज भइसकेको छ भने यसमा छायेंकन अस्ट्रेलियाको सिड्नीमा बिजय थापाले गरेका हुन् । लोकगायक खुमन अधिकारीको लयमा तयार भएको गीतमा मोडेल कुन्ती लिम्बु र पबित्र न्यौपानेले अभिनय गरेका छन् । नारीहरुको पर्व तीजमा देशलाई सम्झेर यो गीत तयार पारिएको छ । परिवारको मायाको स्मरण गर्दै आफ्नी आमालाई पनि सम्बोधन गरिएको गीत साँच्चै भावुक बनाउने खालको छ । गीतको भिडियो यहाँ हेर्न सक्नुहुनेछ ।