नेपाल चेम्बर अफ कमर्शद्धारा बाढीपीडितलाई एक करोड सहयोग


नेपाल चेम्बर अफ कमर्शले बाढीपीडितलाई रु एक करोड एक लाख नगद एवम् जिन्सी सहयोग गर्ने भएको छ । चेम्बरको आज कान्तिपथमा बसको बैठकले देशका विभिन्न भू–भागमा आएको अविरल वर्षापछि आएको भीषण बाढी पहिरोबाट पीडितलाई उक्त राहत प्रदान गर्ने निर्णय गरेको हो । चेम्बरले प्राकृतिक प्रकोपका पीडितलाई राहत पुर्याउन उपाध्यक्ष राजेन्द्र मल्लको संयोजकमा २३ सदस्यीय समिति गठन गरेको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।साथै, चेम्बरले बाढीपीडितलाई सहयोग गर्ने इच्छुक दातालाई ग्लोबल आइएमई बैंक लिमिटेड कान्तिपथको खाता नं ०१०१०१०००६१२३ मा रकम जम्मा गर्न सक्ने व्यवस्थासमेत मिलाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?