सरकारद्धारा बाढीपहिरोपीडित,अतिविपन्न परिवारलाई रु १५ हजार राहत


मन्त्रिपरिषद्को आजको बैठकले बाढीपहिरोपीडित अत्यन्त गरिब परिवारलाई प्रतिपरिवार रु १५ हजार तुरुन्त राहतस्वरुप उपलब्ध गराउने निर्णय गरेको छ ।बैठकले बाढी पहिरोबाट पीडितहरुको राहत, उद्धार र अस्थायी बासस्थानका लागि थप प्रभावकारी ढंगबाट काम गर्ने निर्णय गरेको छ ।  सोका लागि विभिन्न स्थानमा सहायक क्याम्प बनाएर राहत तथा उद्धार पुगे/नपुगेको अनुगमन गरी नपुगेको ठाउँमा तत्कालै पुर्याउने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो । निर्वाचन क्षेत्र निर्धारण आयोगको १५ दिन म्याद थप्ने सहमति यसअघि आइतबारको मन्त्रिपरिषद् बैठकबाटै भइसकेको उहाँले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?