आज पोखरामा एक्सपर्ट एजुकेशनको ‘ग्राण्ड अष्ट्रेलियन एजुकेसन फेयर’ हुँदै
एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस पोखराले आज ‘ग्राण्ड अष्ट्रेलियन एजुकेसन फेयर’ आयोजना गर्ने भएको छ । बुधबार पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा एक्सपर्टका पोखरा निर्देशक रमेश कुमार थापाले मेलामा सहभागी हुन आह्वान गरेका छन् । यस मेलामा अष्ट्रेलियाका १० वटा विश्वविद्यालय तथा कलेजका प्रतिनिधि सहभागी हुँदैछन् । होटल वाराही लेकसाइडमा हुने यस मेलामा उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीले परामर्श लिन सक्नेछन् । विद्यार्थीहरुले अष्ट्रेलियन सरकारको भिसा नीति, पढाईपछि पीआर लिने सम्भावनाहरुका बारेमा समेत जानकारी पाउन सक्नेछन् ।
बाढी पीडितलाई ५ लाख सहयोग
यसैबीच, अष्ट्रेलियामा शैक्षिक परामर्श प्रदान गर्दै आएको एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेसको एक्सपर्ट फाउण्डेसनले नेपालमा हालैको बाढी पहिरोमा पीडित बनेकाहरुको लागि ५ लाख प्रदान गर्ने भएको छ । यो सहयोग राशी नेपाल सरकारमार्फत बाढी पीडितको निीम्त खर्च गर्नेगरी प्रदान गर्ने तयारी एक्सपर्टले गरेको छ । यसअघि पनि भूकम्पको बेला एक्सपर्टले आर्थिक सहयोग गरेको थियो ।