सिड्नीका नेपाली महिलाहरुलाई मिन्टो मन्दिरसम्म निःशुल्क बस सेवा


नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा सिड्नीको मिन्टो स्टेशनदेखि मन्दिरसम्म निःशुल्क बस सेवा प्रदान गरिने भएको छ । यस पटक एनआरएन अष्ट्रेलिया न्यूसाउथवेल्स राज्य समिति र नारी निकुञ्ज न्यूसाउथवेल्सको आयोजनामा यस्तो सेवा प्रदान गर्न लागिएको हो । नारी निकुञ्जकी सन्ध्या शाहले दिएको जानकारी अनुसार निःशुल्क बस सेवासँगै पानीको पनि व्यवस्था गरिनेछ भने तत्कालै केही भइहालेमा फस्र्ट एड सुविधा पनि प्रदान गरिनेछ । एनआरएनले यसअघि पनि तीजको अवसरमा मिन्टो मन्दिरसम्म जानका लागि निःशुल्क सेवा प्रदान गर्दै आएको थियो भने झापाली समाज अष्ट्रेलियाले पनि हरेक वर्ष यस्तो सुविधा अष्ट्रेलियाको सिड्नीमा रहेका नेपाली महिलाहरुलाई दिँदै आएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?