ब्रिसबेनमा एविसी एजुकेशनको एक्स्पो, सेप्टेम्बर ५ देखि २२ सम्म निःशुल्क परामर्श


ब्रिसबेनमा हालै आफ्नो शाखा विस्तार गरेको एविसी एजुकेशन एण्ड माईग्रेसनले आगामी सेप्टेम्बर ५ देखि २२ सम्म लगातार निःशुल्क परामर्श सेवा प्रदान गर्ने भएको छ । एजुकेशन एक्स्पोमा विभिन्न अष्ट्रेलियन युनिभर्सिटी र कलेजका प्रतिनिधिहरुले विभिन्न विषयमा आफ्नो परामर्श दिनेछन् । हालै आईन्सटाईन ईन्टरनेशनल एजुकेशन सर्भिसेजबाट एवीसी एजुकेशन एण्ड माईग्रेसन ब्रिसबेनमा रुपान्तरित भएको अवसर पारेर यस्तो एक्स्पो आयोजना गरिएको उक्त संस्थाका निर्देशक अभिमानसिंह बस्नेतले जानकारी गराए । उनले एमएनटीभीसँग भने, “हामी विभिन्न विश्वविद्यालय र कलेजमा पढ्न चाहने विद्यार्थीलाई सही सूचना पुगोस् भन्ने चाहन्छौं । हामीले शैक्षिक परामर्श निःशुल्क गरेका छौं ।” बस्नेतले अगाडि थपे, “एक्स्पोमा मात्र होइन अन्य समयमा पनि परामर्शको शुल्क हामी लिने छैनौं ।” बस्नेतका अनुसार अष्ट्रेलिया, थाईल्याण्ड, सिंगापुर, नेपाल र भारतमा शाखा रहेको एवीसी एजुकेशन एण्ड माईग्रेसनले छिट्टै आफ्नो सेवा अन्य दुई देश फिलिपिन्स र भुटानमा पनि विस्तार गर्ने तयारी गरेको छ । उक्त संस्थाको अष्ट्रेलियाका मुख्य शहरहरु सिड्नी, मेलबर्न र ब्रिसबेनमा पनि एविसीको शाखा रहेका छन् । एक्स्पोमा सेप्टेम्बर ५ तारिखका दिन होम्स ईन्ष्टिच्युटका प्रतिनिधिले विद्यार्थीहरुलाई उक्त कलेजमा पढाई हुने विषयहरुको बारेमा जानकारी दिनेछन् भने ६ सेप्टेम्बरमा जेम्स कुक युनिभर्सिटी ब्रिसबेन, ८ सेप्टेम्बरमा अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटी, १२ मा एजुकेशन सेन्टर अफ अष्ट्रेलिया, १३ मा युनिभर्सिटी अफ सनसाईन कोष्ट, १४ सेप्टेम्बरमा टोरेन्स युनिभर्सिटी, १५ सेप्टेम्बरमा टेफ क्वीन्सल्याण्ड, १८ सेप्टेम्बरमा युनिभर्सिटी अफ साउदर्न क्वीन्सल्याण्ड, २० मा अष्ट्रेलियन ईन्ष्टिच्युट अफ विजनेस टेक्नोलोजी, २१ मा साउदर्न क्रस युनिभर्सिटी र २२ सेप्टेम्बरमा क्वीन्सफोर्ड कलेजका प्रतिनिधिले विद्यार्थीलाई परामर्श र जानकारी प्रदान गर्नेछन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?