पेरिसडाँडाबाट प्रकाश दाहालको बिदाई, प्रचण्ड भावविह्लल, श्रद्धाञ्जली दिन पुगे दलका शीर्ष नेता
माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवं प्रचण्ड पुत्र प्रकाश दाहालको पार्थिक शरीरमा केन्द्रीय कार्यालय पेरिस डाँडामा श्रद्धाञ्जली दिइएको छ । उनको मृत्युपछि नर्भिक अस्पतालबाट शवलाई केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको थियो । उनको शवलाई अध्यक्ष प्रचण्डले झण्डा ओढाएका थिए । झण्डा ओढाउने क्रममा प्रचण्ड साह्रै भाव विह्वल देखिए । उनका साथै परिवारका सदस्यहरु पनि निकै पीडामा थिए । माओवादी नेताहरुको बीचमा प्रचण्ड थिए । अगाडि प्रकाशको पार्थिव शरीर राखिएको थियो । पार्टी प्रवक्ताले शोक वक्तब्य पढेपछि पार्टीको झण्डा ओढाउन आग्रह गरे ।आफ्ना छोराको पार्थिर शरीरमा झण्डा ओढाउने क्रममा प्रचण्ड भावविह्ल बने । उनले छोराको अनुहारमा राम्ररी हेर्न समेत सकेनन् र रोइरहे । प्रकाशलाई श्रद्धाञ्जली दिन काठमाडौंमा उपलब्ध शीर्ष नेताहरु पेरिसडाँडा पुगेका थिए । सरकारका मन्त्रीहरु, विभिन्न दलका शीर्ष नेताले उनलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए भने आजै ४ बजे उनको अन्त्येष्ठी पशुपतिमा गरिने भएको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको आकस्मिक हृदयघातले निधन भएको अस्पतालले जनाएको छ। नर्भिक अस्पताल चिकित्सक जेपी जैसवालले पत्रकार सम्मेलनमा आकस्मिक हृदयघातका कारण प्रकाशको मृत्यु भएको बताए। ‘बिहान ५.५० बजे यहाँ ल्याइपुर्याउँदा उहाँको हातगोडा चिसो भइसकेको थियो, आँखा सुन्निएको थियो र अनुहारमा कुनै ‘रिएक्सन’ थिएन,’ जैसवालले भने, ‘केही घन्टा अगाडि नै उहाँलाई आकस्मिक हृदयघात भएको रहेछ।’उनले दुई जना गार्डले दाहाललाई अस्पताल ल्याएकाे जानकारी दिए। इसीजी गर्दा पनि मुटुको अवस्था स्थिर रहेको उनले बताए। उनको मृत्युको कारण १ प्रतिशत ‘ब्रेन ह्याम्रेज’ भएको हुन सक्ने डा जैसवालले बताएका छन्।