वीपीको नाम बदनाम नगर्न अष्ट्रेलियाबाट आयो यस्तो चेतावनी


वीपी चिन्तन प्रतिष्ठान अष्ट्रेलियाले चुनावको क्रममा वीपीको नाम भजाएर नेपाली काँग्रेसलाई नै बदनाम गर्ने र वीपीलाई बदनाम गर्ने प्रयत्न तत्काल रोक्न माग गरेको छ । प्रतिष्ठानका सभापति दुर्गा आचार्यले एक विज्ञप्ति जारी गर्दै देश संघिय एबं प्रादेशिक निर्वाचनको संघारमा उभिएको बेलामा लोकतान्त्रीक शक्तीहरू माथी मुलुक र जनताको बलिदानबाट प्राप्त लोकतान्त्रीक अधिकार जोगाई राख्ने चुनौती थपिएको जनाएको छ । अध्यक्ष आचार्यले विज्ञप्तिमा अघि भनेका छन्, “वि पी कोईरालाका नाम भंजाएर मुख्य लोकतान्त्रीक शक्ती नेपाली काङ्रेसलाई कमजोर बनाउने काम हामीलाई स्वीकार्य छैन । अहिले वि पी चिन्तन प्रतिष्ठानको नाममा हरिबोल भट्टराई लगायतका ब्यक्तीहरू आफ्नो नाम वि पीसंग जोडेर स्वयं वि पीद्वारा स्थापित पार्टीलाई तथानाम गाली गर्दै आफ्नो ब्यक्तीगत स्वार्थपूर्तीको लागी नेपाली काङ्रेशलाई र प्रकान्तरणमा लोकातन्त्रलाई नै कमजोर बनाउने खेलको मतियारको रूपमा देखिनु निन्दनिय बिषय हो ।”
वि पी चिन्तन प्रतिष्ठान अष्ट्रेलियाले भर्त्सना गर्दै हरिबोल भट्टराईले नेतृत्व गरेको भनिएको वि पी चिन्तन प्रतिष्ठानसंग कुनै संस्थागत संबन्ध समेत नरहेको स्पष्ट पारेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?