ब्रिटिश काउन्सिलबाटै प्रश्नपत्र लिक, आईएलटीएस घोटालामा संलग्न १३ पक्राउ !


काठमाडौंबाट आईएलटीएस परीक्षा दिँदा प्रश्नपत्र बेचेर विद्यार्थीहरुसँग लाखौं असुल गरेको अभियोगमा १३ जना व्यक्ति पक्राउ परेका छन् । ब्रिटिश काउन्सिलले लिने परीक्षामा यस्तो अनियमितता भएको र प्रहरीले निगरानी गर्दा शुक्रबार एक लाखमा बेचेको प्रश्नपत्र नै शनिबार परीक्षामा आएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।
प्रहरीले शुक्रबार राति चार सञ्चालकसहित १३ जनालाई पक्राउ गरेको थियो । उनीहरु मध्ये विद्यार्थीहरुलाई छाडिएको छ भने अन्यलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार प्रश्नपत्र आउट गराउँछु भन्दै विद्यार्थीहरुबाट मोटो रकम असुलेको भेटिएको छ । ‘विद्यार्थीसँग १ देखि २ लाखसम्म लिएको पाइएको छ’ प्रहरीले भनेको छ । लिक गरिएको प्रश्न र शनिबारका लागि तय भएको आईईएलटीएस परीक्षा मिलेको पाइएको छ । प्रहरीले यसबारे अनुसन्धान भइरहेको भन्दै थप बताएको छैन । घटनाबारे आईतबार सार्वजनिक गरिने प्रहरीको भनाई छ । यो घटनाले नेपालबाट हालै परीषा दिएका विद्यार्थीहरुले हासिल गरेको अंकका विषयमा थप आशंका उत्पन्न भएको छ । आईएलटीएस परीक्षा नियमक निकायले नेपालबाट केही महिनाको अवधिमा उत्तिर्ण भएका व्यक्तिहरुको विषयमा कस्तो निर्णय गर्ने हो भन्ने विषयले पनि यतिबेला चर्चा कमाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?