आइसीसी विश्व क्रिकेट लिग डिभिजन टू, नेपालसँग केन्या पराजित


आइसीसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत सोमबारको खेलमा नेपालले केन्यालाई पराजित गरेको छ। नामिबियामा भएको खेलमा नेपालले केन्यालाई ३ विकेटले पाखा लगाएको हो।केन्याले दिएको १ सय ७८ रनको लक्ष्य नेपालले ७ विकेटको क्षतिमा पुरा गरेको हो।नेपालको जीतका लागि बलिङमा सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शन रह्यो भने। ब्याटिङमा आरिफ शेख र रोहित कुमार पौडेलको प्रदर्शन राम्रो रहेको थियो।अन्तिम ओभरमा नेपाललाई जितका लागि ६ रन चाहिएकोमा पहिलो बलमा रोहितले दुई रन लिएका थिए। तर, अन्तिम ओभरको तेस्रो बलमा रोहित रनआउट भएपछि १ बलमा २ रन चाहिएको थियो। सोमपालले २ रन लिएर नेपाललाई जिताए।नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ४७ रन बनाए। कप्तान पारस खड्का र आरिफ शेखले ४२–४२ रन तथा शरद भेषवाकरले १९ रन बनाए।
केन्यालाई १ सय ७७ को मध्यम स्कोरमा रोक्न सन्दिप लामिछानेले सर्वाधिक ५ विकेट लिएका थिए।जीतसँगै नेपालले ४ खेलबाट ६ अंक जोडेको छ। केन्यालाई पराजित गरेपछि नेपालको विश्वकप छनोट खेल्ने सम्भावना झन बलियो बनेको छ। लगातार ३ हारपछि केन्या भने शीर्ष २ को होडबाट बाहिरिएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?