नक्कली भिसा भेटिएपछि विदेश जान ठीक्क परेका १० युवती रोकिए, अनुसन्धान हुँदै
विदेश जान लागेका १० युवती काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ पारेका छन्। नक्कली भीसा प्रयोग गरी कुवेत जान खोज्ने ती युवतीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले पक्राउ गरेको हो ।
फागुन १ गते राति फ्लाई दुबईको एयरलाइलन्स मार्फत दुबई हुँदै कुवेत जान लागेको आवस्थामा उनीहरु पक्राउ परेकी हुन्। उनीहरुको श्रम स्वीकृति अनुसारको भीसा नभएपछि उनीहरुलाई पक्राउ गरिएको अध्यागमन कार्यालय विमानस्थका प्रमुख होमनाथ थपलियाले बताए।
पक्राउ पर्नेहरुमा सिन्धुलीकी जानुकाकुमारी स्याङ्तान, मकवानपुरकी फूलमाया ब्लोन, मोरङकी पवित्रा विक र मकवानपुरकी हरिमाया मोक्तान रहेकी छिन्। त्यस्तै कपिलवस्तुकी शान्ता सुनुवार, चितवनकी कुमारी स्याङ्तान, रोल्पाकी हस्तकुमारी पुन र उदयपुरकी नानु सार्की रहेकी छिन्। त्यसैगरी रसुवाकी टीकामाया तामाङ र सिन्धुपाल्चोककी विष्णुमाया लामा रहेकी छिन्।
उनीहरुलाई अध्यागमन विभागको हिरासत कक्षमा राखी कारबाही अघि बढाइएको छ। दलालहरुले वैदेशिक रोजगारीका नाममा उनीहरुलाई बेच्न लैजान खोजेको हुनसक्ने अध्यागमनको आशंका छ। उनीहरुबाट एउटा नक्कली र अर्को सक्कली भीसा फेला परेको थियो। नक्कली भीसा भेटिएकाले उनीहरुमाथि कारबाही गर्न लागीएको अध्यागमनले जनाएको छ।