दीपक मनाङे पक्राउ, ज्यान मारेको अभियोगमा ५ वर्ष जेलमा बस्नुपर्ने


फरार अभियुक्त दीपक मनाङे राजीव गुरुङ पक्राउ परेका छन् । प्रहरी परिसर काठमाडौंले मनाङको प्रदेश ख बाट स्वतन्त्र उम्मेदवारबाट निर्वाचित सांसद् गुरुङलाई बिहीबार पक्राउ गरेको हो । गत माघमा सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा मनाङ्गेलाई ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गरेपछि उनी फरार थिए। ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै २०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई ५ वर्ष जेल सजाय सुनाएको थियो। उनी हिमाली जिल्ला मनाङको प्रदेश ९ख० बाट स्वतन्त्र उम्मेदवार बनेर प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । उनले सांसदको शपथ समेत लिएका छैनन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?