सुन तस्करी र हत्या प्रकरणमा प्रहरीका पूर्व डीआईजी निरौला पक्राउ
त्रिभुवन विमानस्थलबाट नेपाल भित्र्याएर हराएको भनिएको ३३ किलो सुन प्रकरणमा नेपाल प्रहरीका पूर्व नायव महानिरीक्षक डिआईजी गोविन्द निरौल पक्राउ परेका छन् । ३३ किलो सुन प्रकरणको छानवीनका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा गठित समितिको निर्देशनमा प्रहरीले पूर्व डिआईजी निरौलालाई आइतवार पक्राउ गरेको हो । गत असोज २९ गते अवकाश पाएका निरौला त्रिभुवन विमानस्थलमा प्रहरी प्रमुख थिए । विमानस्थलमा प्रहरी प्रमुख हुँदा सुन तस्करसँग प्रत्यक्ष सम्पर्कमा रहेको आधारमा उनलाई पक्राउ गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।