कमजोर सरकारको फाईदा तस्करले कसरी उठाएका थिए सुन काण्डले खुलायो, ३० पक्राउ, ५१ खोजीमा
नेपालमा सुन तस्करीको जालो कसरी जेलिएको छ भन्ने स्पष्ट भइसकेको छ । विगतमा कमजोर सरकार रहेका बेला गृह प्रशासनले पनि केही गर्न नसक्ने । अहिले त डनहरुलाई केन्द्रीय सदस्य बनाउनुपर्छ भन्दै नाम सिफारिश गर्नेहरु त्यतिेबला आफैं गृह प्रशासनमा रहेको बेला के के गर्थे भनेर अनुमान मात्र लगाउन सकिन्छ । यही अनुमानमा बिच अझै २१ जना पक्राउ पर्न बाँकी भएको सूचि निस्किएको छ । ३० जना पक्राउ परिसकेका छन् । प्रहरीको आईजीपी पछिको डिआईजी समेत यसमा पक्राउ परेपछि अब राजनीतिक दलका नेताहरुको पालो भएको देखिएको छ । गत माघ ७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ३३ किलो सुन र त्यसपछिको हत्या प्रकरणमा प्रहरीले २१ जनालाई खोजीको सूचीमा राखेको छ । हालसम्म नेपाल प्रहरीका पूर्वडिआईजी गोविन्द निरौलासहित ३० जना पक्राउ परेका छन् ।
२१ जनाको सूचीमा सुन तस्करीका नाइके चुडामणि उप्रेती ‘गोरे’सहित केही सुन व्यापारी पनि छन् । गोरेसँगै प्रहरीले पक्राउको सूचीमा युएईमा रहेका गोरेका भाइ रमेश उप्रेती, नर्वदा खरेल उप्रेती, दुर्गा खरेल उप्रेती, मोहम्मद उस्ताम मियालगायतलाई पक्राउको सूचीमा राखेको छ ।
३३ किलो सुन प्रकरणमा हालसम्म २ जनाले ज्यान गुमाइसकेका छन् । यस प्रकरणमा भरिया भनिएका सनम शाक्यको हत्या भएको छ भने त्रिभुवन विमानस्थलमा कार्यरत प्रेमनारायण चौधरीले प्रहरी हिरासतमै आत्महत्या गरेका थिए । सुन प्रकरणमा अहिलेसम्म आरके ज्वेलर्सका मालिक राजेन्द्र शाक्य, राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक०का नेता तथा होटल मनाङका सञ्चालक भोजुङ गुरुङ, थाइ एयरवेजका कर्मचारी बालकृष्ण श्रेष्ठ, महाविर गोल्यान ९चाचाजी० सम्बीरप्रसाद तोलाङ्गे, मदनप्रसाद घिमिरे ९माधव०, गोपालकुमार श्रेष्ठ, दोराम खत्री, बालकृष्ण श्रेष्ठ, बिरेन्द्रमान श्रेष्ठ, लाक्पा शेर्पा पक्राउ परिसकेका छन् ।
त्यस्तै कपिलराज पुरी, हेमन्त गौतम, पुण्यप्रसाद लामा ९तक्लु०, लालबहादुर मगर, राजु महर्जन, टेकराज मल्ल ठकुरी, मोहन काफ्ले, नरेन्द्र कार्की ‘कृष्ण’ र पूर्व डिआइजी गोविन्द निरौला पनि पक्राउ परेका छन् ।
सनम शाक्यको हत्यामा संग्लनताको आरोपमा पनि ३ जना पक्राउ परिसकेका छन् । उनीहरुमाथि मोरङ प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ । सोमबार साँझ पनि त्रिभुवन विमानस्थलमा कार्यरत ३ जना पक्राउ परेका छन् ।