बार्सिलोनाको अपराजित यात्रा रोकियो, ३७ औं खेलमा लेभान्तेसँग पराजित
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको अपराजित यात्रामा पूूर्ण विराम लागेको छ। ३६ औं खेलसम्म अपराजित यात्रा कायमै राखेको बार्सिलोना सोमबार बिहान भएको ३७ औँ खेलमा लेभान्तेसँग ५–४ गोल अन्तरले पराजित भएको हो। ईमानुएल बोटेङको ह्याट्रिक तथा ईनिस बार्दिको २ गोल मद्दतमा लेभान्तेले जित हात पारेको हो। खेलको ९औं मिनेटमा पहिलो गोल गरेका बोटेङले ३० र ४९ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे।
खेलको ५९ औँ मिनेटसम्म ५–१ ले पछि परेको बार्सिलोनाले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै ३ गोल थपेको थियो। उसका फिलिप काउटिन्होले ह्याट्रिक गरेको खेलमा लुईस स्वरेजले १ गोल थपेपनि त्यो जितका लागी पर्याप्त भएन।काउटिन्होले ३८, ५९ र ६४ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए।जारी सिजनको ला लिगामा एक मात्र खेल बाँकी रहदा बार्सिलोना २७ जित ९ बराबरी र १ हारका साथ तालिकाको शीर्ष स्थानमा छ।