नेपाली क्रिकेटमा अर्को सफलता, सन्दिपले पाए विश्व एघारमा स्थान


राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले विश्व एघारको प्रतिनिधित्व गर्दै वेष्ट इन्डिजविरुद्ध अन्तर्राष्ट्रिय ‘च्यारिटी म्याच’ खेल्दै छन् ।
गत वर्ष गएको आँधीका कारण जीर्ण बनेको क्यारेवियन क्षेत्रमा रहेको क्रिकेट स्टेडियमको पुनःनिर्माणका लागि हुने उक्त खेल यही जेठ १७ गते मे ३१ मा इङग्ल्यान्डको लर्ड्समा हुनेछ । वेष्ट इन्डिज टि ट्वेन्टीको विश्वकप विजेता टोली पनि हो । बंगलादेशका सकिब अल हसनले व्यक्तिगत कारण देखाई नाम फिर्ता लिएपछि सन्दीपले मौका पाएका हुन् । भारतमा भएकै इन्डियन प्रिमियर लिग ९आइपिएल० खेल्ने पहिलो नेपाली खेलाडी बनेका १७ वर्षीय सन्दीपकै लागि उक्त ऐतिहासिक खेल हुनेछ । त्यस्तै सन्दीप वेस्ट इन्डिजमै हुने क्यारेवियन प्रिमियर लिग ९सिपीएल० मा पनि परेका छन् । विश्व एघारमा इयान मोर्गनले कप्तानीकै भूमिका निभाउनेछन् । त्यस्तै उक्त टोलीमा सन्दीपसँगै पाकिस्तानी ब्याट्सम्यान साहिद अफ्रिदी, तमिम इकवाल, दिनेश कार्तिक, रसिद खान, मिचेल म्यालेनघान, सोएब मल्लिक, हार्दिक पाण्ड्या, थिसारा परेरा र लुक रोचीले खेल्नेछन् । यस्तै वेष्ट इन्डिजको कप्तानमा भने कार्लोस ब्राथवे छन् । उनको टोलीमा क्रिस गेल, मार्लोन सामुएल्स, एभिल लेविस, आन्द्रे रसेललगायत खेलाडीले खेल्नेछन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?