मेलबर्नमा एक्सपर्टको ‘एजुकेशन एण्ड माईग्रेसन फेयर’ भोलि १२ बजेदेखि
एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज मेलबर्नले बुधबार २७ जुनका दिन एजुकेशन एण्ड माईग्रेसन फेयरको आयोजना गर्ने भएको छ । मेलबर्न सिटीस्थित फ्लीन्डर्स लेनमा रहेको कार्यालयमा गर्न लागिएको यो फेयरमा सहभागी हुने विद्यार्थीहरुले ४८९ र १९० भिसाको साथै विभिन्न कोर्षहरुको जानकारी प्रदान गरिनेछ । कलेज र युनिभर्सिटीका प्रतिनिधिहरुसँग प्रत्यक्ष साक्षात्कार गर्ने अवसर समेत एक्सपर्टले जुटाएको हो । यसअघि ब्रिसबेनमा यसै खालको एजुकेशन एण्ड माईग्रेसन फेयरको आयोजना गरिसकेको एक्सपर्टले मेलबर्नको कार्यक्रममा १५ भन्दा बढी शैक्षिक संस्था सहभागी हुने जनाएको छ । “विद्यार्थीहरुका लागि आवश्यक पर्ने ईन्स्युरेन्स सम्बन्धी जानकारी र सेवा पनि त्यहाँ उपलब्ध हुनेछ ।” – एक्सपर्ट मेलबर्नका निर्देशक सरोज शर्माले एमएनटीभीसँग भने । उनका अनुसार बुधबार एसीयू, युनिभर्सिटी अफ तास्मानिया, चाल्र्स स्टर्ट युनिभर्सिटी, टोरेन्स युनिभर्सिटी, फेडेसन युनिभर्सिटी, केन्ट ईन्ष्टिच्युट, एक्नलेज्ड एजुकेशन, होल्मर्स ईन्ष्टिच्युट, एमआईटी, बक्सहिल ईन्ष्टिच्युट, मेलबर्न पोलिटेक्निक, साउदर्न क्रस युनिभर्सिटी, फेडरेशन युनिभर्सिटीका प्रतिनिधि जानकारीसहति उपलब्ध हुनेछन् । “विद्यार्थीहरुलाई लक्षित गर्दै विभिन्न कोर्षको जानकारीमात्र नभई उनीहरुलाई आवश्यक पर्ने अन्य सेवाहरुको समेत हामीले व्यवस्था गरेका छौं“, शर्माले भने । पढाई सकाएर अवसरको खोजीमा रहेका विद्यार्थीहरुका लागि माईग्रेसनका विभिन्न जानकारी पनि त्यहाँ दिइनेछ । सहभागीमध्येबाट विभिन्न उपहारको समेत व्यवस्था गरिएको छ ।