नाईजेरियालाई पराजित गर्दै अर्जेन्टिना दोश्रो चरणमा, अब फ्रान्ससँग भिडन्त शनिबार
अन्तत विभिन्न अड्कलबाजीलाई गलत सावित गर्दै अर्जेन्टिना दोश्रो चरणमा प्रवेश गरेको छ । टप १६ मा आफ्नो नाम दर्ता गराएपनि उसको यो यात्रा कम कठीन थिएन । अघिल्लो खेलमा पराजित हुँदा गरेका अनेकन गल्तीका कारण लगभग घर फर्किने अवस्थामा पुगेको अर्जेन्टिनालाई मेस्सीको गोलबाट पहिलो हाफमा अग्रता दिलाएका थिए । तर, त्यो खुशी दोश्रो हाफको ५१ औं मिनेटमा नै चकनाचुर भयो । नाइृजेरियाले पेनाल्टी पायो र गोल पनि ठोक्यो । यसपछि अन्तिम समयमा लयमा फर्कदै टिमले विजय दर्ता गर्यो । खेलको ८६ औं मिनेटमा डिफेन्डर मार्कोस रोजोले गोल गर्दै जीत सुनिश्चित गराएका हुन् । मेस्सीलाई अनावश्यक ढिलाई गरेको भन्दै रेफ्रीले पहेंलो कार्ड पनि दिए । प्रशिक्षकको भूमिका कतिपय खेलमा कसरी बाधक बन्दो रहेछ भन्ने जान्नका लागि अर्जेन्टिनाको अहिलेसम्मको खेल हेर्दा नै हुनेछ । अर्जेन्टिनाको लागि यसपछि फ्रान्ससँग जित्ने चुनौती थपिएको छ । टप १६ मा अर्जेन्टिनासँगै डेनमार्क, स्पेन, उरुग्वे, क्रोयसिया, रसिया पोर्चुगल पुगिसकेका छन् ।