हारेर पनि जित्यो जपानले, दोश्रो चरणमा पुग्ने एकमात्र एशियाली राष्ट्र बन्यो !


रसियामा जारी विश्वकप फुटबलको रोमाञ्चक खेलमा एक गोल खाएर पराजित भएपनि समूहमा दोश्रो हुँदै जपान दोश्रो चरणमा पुगेको छ । उसले पोल्याण्डसँग पराजय भोगेको थियो । तर, उता सेनेगलले कोलम्बियासँग पराजय भोगन पुग्दा जपान र सेनेगल बराबरी भए । तर, पहेंलो कार्ड बढी खाएका आधारमा जपान अघिल्लो चरणमा पुग्न सफल भयो । अन्तिम खेलमा सेनेगललाई १–० गोलअन्तरले पराजित गर्दै सर्वाधिक ६ अंकसहित कोलम्बिया समूह विजेता बन्न सफल भएको हो । उता, जापान र सेनेगलको अंक, गोल अन्तर, गरेको गोल, दुई बीच भएको खेलमा हासिल गरेको अंक, दुई बीच भएको खेलमा गरेको गोल सबै बराबर भए पनि जापानले फेयर प्लेको आधारमा अर्को चरणमा स्थान बनायो । 
अन्तिम खेलमा पोल्याण्डसँग जापान पनि १–० गोलअन्तरले पराजित भएपछि समूह चरणको तीन खेलपछि जापान र सेनेगलको समान ४ अंक रहेको थियो । त्यसमाथि गरेको गोल ४ र खाएको गोल पनि ४ भएकाले दुवैको गोलअन्तर पनि समान ०–० रहेको थियो ।त्यस्तै दुई टोलीबीचको खेल २–२ को बराबरीमा सकिएको थियो । सबै मापदण्डमा दुई टोली बराबरी भएपछि फेयर प्लेको नियम लागुभएको हो । यस अनुसार सेनेगलको तुलनामा कम कार्ड खाएको कारण जापान अर्को चरणमा आफ्नो स्थान बनाउन सफल भएको छ । जापानले ४ वटा पहेँलो कार्ड खाँदा सेनेगलले ६ वटा पहेँलो कार्ड खाएको थियो ।यो सँगै जापान फेयर प्लेको आधारमा छनौट हुने पहिलो टोली बनेको छ । उता, येरी मिनाको गोलको मद्दतले कोलम्बियाले तीन खेलमध्ये दुईमा जीत हासिल गर्दै ६ अंकसहित समूह विजेता बन्दै अर्को चरणमा प्रवेश गर्न सफल भएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?