फ्रान्स पुग्यो फाईनलमा, बेल्जियमका लुकाकुको कमजोर प्रदर्शन, टिम सन्तुलन मिलेन


रसियामा जारी विश्वकपको नाटकीय मोडमा फ्रान्स फाईनल प्रवेश गरेको छ । मंगलबार मध्यरात भएको खेलमा गोलरहित बराबरीको पहिलो हाफ खेलेका दुबै टिम आक्रामक रुपमा दोश्रो हाफमा प्रस्तुत भए । तर खेलमा आशा गरिएका बेल्जियमका लुकाकुको कुनै चमत्कार देख्न पाइएन । खेलको ५१ औं मिनेटमा फ्रान्सको तर्फबाट कर्नरलाई गोलमा परिणत गर्दै अग्रता लिएको थियो । दोस्रो हाफमा स्यामुएल उम्टिटीले गरेको एकमात्र गोलको मद्दतसँगै फ्रान्स बेल्जियमलाई १-० ले पराजित गर्दै फिफा विश्वकप २०१८ को फाइनलमा पुगेको छ । सन् १९९८ को विश्वकप विजेता फ्रान्स यसअघि सन् २००६ मा पनि फाइनल पुगेको थियो । सन् १९९८ को फाइनलमा ब्राजिललाई पराजित गरेको फ्रान्स २००६ मा भने इटालीसँग पराजित भएको थियो । फ्रान्सले अब जुलाई १५ मा हुने फाइनलमा इंग्ल्यान्ड र क्रोएसियाको विजेतासँग खेल्नेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?