सुन तस्करीको भुरा माछा, मुखमा सुन लुकाएर ल्याउने भारतीय पक्राउ


देशमा ३३ किलो सुनको मात्र होइन ३८ क्वीन्टलको पनि चर्चा तातेकै छ । तर, यसबिचमा त्रिभुवन अन्तर्राष्ट्रिय विमान्स्थलबाट भने तस्करी जारी छ । पछिल्लो समयमा सरकारले कडाई गरेपछि अनेक उपायका साथ सुन ल्याउने क्रम यथावत देखिन्छ । यसैक्रममा दुई भारतीय पक्राउ परेका छन् । उनीहरुले मुखभित्र सुन लुकाएर ल्याएका थिए । दुबैले गरी करिब २० तोला सुन ल्याएका हुन् । उनीहरुको साथबाट २ सय ५५ ग्राम सुन बरामद गरिएको छ ।
मंगलबार दुबईबाट काठमाडौं आएका भारतीय नागरिक रहिस अहमद र मोहम्मद अजामलाई प्रहरीले विमानस्थलबाट पक्राउ गरेको हो ।विमानस्थल भित्र केही नबोली इशाराको भरमा निस्किएको देखेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । अहमदबाट एक सय १६ र अजामसँग एक सय ३९ ग्राम सुन बरामद भएको विमानस्थल प्रहरीले जनाएको छ । दुबै जनाले सुनका टुक्रा मुखभित्र लुकाएर ल्याएका थिए । पक्राउ परेका दुबै जनाबारे आवश्यक अनुसन्धानपछि राजश्व विभागमा बुझाउने प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?