१६ करोड नेपाली रुपैयाँबराबरको २ किलो १० ग्राम रुवीसहित एकजना पक्राउ


काठमाडौंको लाजिम्पाटबाट १६ करोड नेपाली रुपैयाँबराबरको २ किलो १० ग्राम रुवीसहित एकजना पक्राउ परेका छन् । दक्षिण अफ्रिकी मुलुकबाट भित्रिएको रुवी चिनियाँ नागरिकलाई बेच्ने योजना बनाइरहेकै बेला प्रहरीले ललितपुरका दीपक सिजापतिलाई समातेको हो । महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी दानबहादुर मल्लका अनुसार घटनाको थप अनुसन्धान जारी छ । रुवीलाई पत्थरकी रानी भनिन्छ । डिएसपी मल्लले भने, ‘‘रुवी शासक, प्रशासक र तानाशाहले बोक्ने गरेको पाइन्छ । सत्ताबाट च्यूत भएपछि वा हटेपछि उनीहरुले त्यही बहुमूल्य रुवीजस्ता सामग्री बिक्री गर्ने गरेका हुन्छन् । यो आम नागरिकको पहुँचबाहिरको कुरा हो ।” पछिल्लो समय दरबारमार्ग क्षेत्रमा प्रहरी सक्रियता बढेकोले विभिन्न अपराध र तस्करीका घटनामा प्रहरीले सफलता हात पारेको डिएसपी मल्लले बताए । मल्लका अनुसार दरबारमार्ग प्रहरीले तस्करी, गुण्डागर्दी, अपराधलगायतका विषयमा विशेष निगरानी बढाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?