तीज मनाउन गौरी मल्ल र सुनीता दुलाल सिड्नी आउँदै


अष्ट्रेलियामा नेपालीहरुको बढ्दो संख्यासँगै विभिन्न चाडवाडमा नेपाली कलाकारहरु आउने र उनीहरुसँगै रमाइलो मनाउने क्रम बढ्दो छ । तीजमा अझ यस्ता कार्यक्रमको बाढी नै आउँछ । यसैक्रममा आगामी अगष्ट २५ तारिखका दिन सिड्नीको मराना अडिटोरियममा तीज सेलिव्रेसन २०१८ हुने भएको छ । यस कार्यक्रममा नायिका गौरी मल्ल एवं गायिका सुनीता दुलाल प्रमुख आकर्षण रहनेछन् । यस बाहेक पनि विभिन्न स्थानीय कलाकारहरुको आकर्षक प्रस्तुति रहने आयोजक नेपमार्टकी न्यान्सी पुनले जानकारी दिइन् । अगष्ट २५ शनिबार साँझ ६ बजेदेखि सुरु हुने तीज सेलिव्रेसन्सको टिकट अनलाईनप्लसबाट खरिद गर्नसक्ने व्यवस्था मिलाइएको छ । लोकगीत गायिका सुनीता दुलालको यो दोश्रो अष्ट्रेलिया भ्रमण हुनेछ भने पछिल्लो पटक सिंहदरबार नामक सियिरयलका कारण चर्चाको शिखरमा रहेकी नायिका गौरी मल्ल पहिलो पटक अष्ट्रेलिया आउन लागेकी हुन् । तीजको रौनकमा रमाउन चाहनेहरुले थप जानकारी यो पोष्टरमा प्राप्त गर्न सक्नुहुनेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?