पारापार्क फुटबल क्लबको साधारणसभा सम्पन्न, सञ्जीव रौनियार अध्यक्ष चुनिए


सिड्नीको पश्चिमी क्षेत्रमा विगत एक दशकभन्दा बढीदेखि क्रियाशील पारापार्क फुटबल क्लबले आफ्नो साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाले आगामी दुई वर्षको कार्यकालका लागि नयाँ नेतृत्व पनि चयन गरेको छ । साधारणसभाबाट निर्वाचित अध्यक्ष सञ्जीव रौनियार छन् भने उपाध्यक्षमा सतिश पौडेल, सचिवमा विशाल सुवेदी, कोषाध्यक्षमा उमेश थापा र कार्यसमिति सदस्यहरुमा अनिश चौधरी र समिर तुलाधर रहेका छन् । यसैगरी साधारणसभाले पब्लिक रिलेसन अफिसरमा अशोक ओलीलाई चयन गरेको छ । १० अगष्टमा सम्पन्न भएको साधारणसभामा आर्थिक प्रतिवेदन र विभिन्न गतिविधिका विषयमा चर्चा भएको थियो भने आगामी कार्ययोजना पनि तय गरिएको छ । जुनियर र सिनियर गरी दुबै समूहमा खेलाडीहरुलाई आबद्ध गरी तालिम, प्रोत्साहन र प्रतिस्पर्धा सञ्चालन गर्दै आएको क्लबमा एक सयभन्दा बढी खेलाडी आबद्ध छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?