मेलबर्नमा अर्को साताबाट बीएमडब्लू कप क्रिकेट हुँदै, विजेतालाई २ हजार डलर


मेलबर्नमा आगामी सेप्टेम्बर ९ तारिखबाट बीएमडब्लू कप क्रिकेट आयोजना हुने भएको छ । आयोजक संस्था बीएमडब्लू कन्सल्टेन्सी र भिक्टोरियन नेप्लीज क्रिकेट एशोसिएसनले संयुक्त रुपमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी गराएको छ । स्थानीय बेलस्ट्रीट क्यान्टिनमा भएको पत्रकार भेटघाटमा दिइएको जानकारी अनुसार प्रतियोगितामा ७ क्लबको सहभागिता हुनेछ । रोयल राईनोज क्रिकेट क्लब, द हिमालय क्रिकेट क्लब, सगरमाथा क्रिकेट क्लब, गोर्खाली क्रिकेट क्लब, नारे किङ्स क्रिकेट क्लब, एक्सपर्ट क्रिकेट क्लब, मेलबर्न साईक्लोन क्रिकेट क्लबको सहभागिता निश्चित भएको हो । करिब डेढ महिनासम्म चल्ने प्रतियोगिता हरेक आईतबार हुने र हरेक साता तीन वटा खेल हुनेछन् । प्रतियोगिताको विजेता टिमले नगद दुई हजार डलर पाउनेछन् । आयोजक रोयल राईनोज क्रिकेट क्लबले गर्नेछ भने यसको व्यवस्थापन भिक्टोरियन नेप्लीज क्रिकेट एशोसिएसनले गर्ने जनाइएको छ । नेप्लीज एशोसिएसन अफ भिक्टोरियाले समेत सहयोग गर्ने तय भएको प्रतियोगिताको मिडिया पार्टनर एमएनटीभी रहेको छ ।
प्रतियोगिताका लागि एक्सपर्टले गर्यो टिम घोषणा
यसैबीच, बीएमडब्लू क्रिकेट कपको लागि एक्सपर्ट क्रिकेट क्लबले आफ्नो टिमको घोषणा गरेको छ । क्याप्टेन सुनम गौतमले दिएको जानकारी अनुसार प्रतियोगितामा सहभागी हुने टिममा क्याप्टेन सुनम गौतम रहनेछन् भने सुसन गुरुङ उपकप्तान, बिमल नेपाल, मनिष खकुरेल, सुशील बस्नेत, दिपेश गुरुङ, नविन डाँगी, सुनोद श्रेष्ठ, सदिप ढुंगाना, तारा भट्टराई, सुशान्त पौडेल, उज्वलजंग कार्की, प्रविन डाँगी, विशान भण्डारी, सुयोगा बुढाथोगी, विनोद खत्री, सागर लामा र सुमन थापा टिममा हुनेछन् । टिमको प्रशिक्षकमा गुरप्रित सिंह रहने जानकारी प्राप्त भएको छ ।
यस्तै प्रतियोगितामा रोयल राईनोज क्रिकेट क्लबको नेतृत्व निरज श्रेष्ठले गर्नेछन् भने दि हिमालयन क्रिकेट क्लबको नेतृत्व रोशन पौडेलले, सगरमाथा क्रिकेट क्लबको नेतृत्व कुशल तुलाधरले, गोर्खाली क्रिकेट क्लबको नेतृत्व केशव पन्तले, नारे किङ्स क्रिकेट क्लबको नेतृत्व किशोर कँडेलले, मेलबर्न साईक्लोन क्रिकेट क्लबको नेतृत्व सुजन कुमार थापाले गर्नेछन् । प्रतियोगिताका सबै खेलहरु बियोङ रिजर्भ स्ट्राथमोर मैदानमा हुनेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?