नेपालमा शिकार खेलेको धाक लगाउँदा एक विद्यार्थी अमेरिकाबाट डिपोर्ट हुने खतरामा


एक नेपाली विद्यार्थीले बन्दुकको कुरा गर्दै शिकार खेल्ने शोखको बखान गर्दा अमेरिकाबाट देशनिकालासम्मको सजाय पाउनसक्ने देखिएको छ । अमेरिकाको न्यु ह्याम्शायरको न्यु लण्डनमा रहेको कोल्बी शोयरमा अध्ययनरत एक नेपाली विद्यार्थीलाई कलेजबाट निष्काशित गरिसकिएको छ भने उनलाई यही कारण देशबाट समेत निकाला गर्ने प्रक्रिया अघि बढेको छ । २१ बर्षीय सुप्रज्ञ रिजाललाई आपराधिक धम्कीको अभियोगमा मुद्दा चलाइएको हो ।
रिजालले अर्का विद्यार्थीसँग आफ्नो बाल्यकालको बारेमा कुरा गरेको र हजुरबाले बन्दुक चलाउने गरेको तथा आफूलाई पनि सिकाएको बताएको जनाएका छन् । उनले शिकार खेल्नु आफ्नो लागि नौले कुरा नभएको भन्दै बन्दुक चलाउन निपुण रहेको दावी गरेका थिए । यस्तो गफ दिएपछि उनका साथीले यस विषयमा कलेजको सुरक्षाकर्मीलाई जानकारी गराएका थिए । बन्दुकको कुरा गर्दा धम्की दिएको अभियोगमा उनलाई प्रहरीले गिरफ्तार गरेको थियो । धम्कीको अभियोग प्रमाणित भएमा रिजाललाई अमेरिकाबाट देशनिकालासमेत हुनसक्ने जनाइएको छ । रिजालको मुद्दा कन्कोर्डको अदालतमा चलिरहेको छ । तर, रिजालले भने आफुले आफ्ना हजुरबुबाहरुले शिकार खेल्ने बारेमा साथीसँग कुरा गरेको दावी गरेका छन् । प्रहरीले भने उनको दावीलाई मानेको छैन । साथै, उनले कलेजमै सामूहिक हत्या गर्नका लागि गोली चलाउने योजना बनाएको प्रहरीको दावी छ । यसका साथै उनी अमेरिकाम ारहेका गोराहरुलाई घृणा गर्दछन् भन्ने आरोप पनि प्रहरीले लगाएको छ । यस विषयका फैसला आएपछि उनले कलेजबाट मात्रै निकाष्शित हुनुपर्ने हो कि अ‍ेमरिकाबाट नै निस्किनुपर्ने हो खुल्नेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?