अष्ट्रेलियाबाट छेपारोहरु तस्करी गर्न खोज्ने जपानी नागरिक पक्राउ !


अष्ट्रेलियाबाट हंगकंग जान लागेका एक जपानी नागरिकलाई यहाँको अध्यागमन प्रहरीले पक्राउ गरेको छ । उनले यहाँका छेपाराहरु तस्करी गर्न लागेकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ । निजले ६ वटा छेपारा कागजमा बेरेर आफ्नो लगेजमा राखेका थिए । जिउँदै छेपाराहरुलाई त्यस्तो गरी तस्करी गर्न खोजेको पाइएपछि प्रहरीले विमानस्थलबाटै नियन्त्रणमा लिएको थियो । पर्थ नजिकैको रोथनेष्ट टापुबाट ति छेपारा समातेको निजले बताएका छन् । उनले छेपारा राखेको व्यागमा केही पानी भिजाइएको भएपनि खाना भने दिइएको थिएन । निजलाई वन्यजन्तु तस्करी, जनावरमाथि गरिएको क्रुर कार्यको अभियोगमा मुद्दा चलाइनेछ । बरामद गरिएका छेपाराहरुलाई वेष्टर्न अष्ट्रेलियाको जंगलमा छोड्ने तयारी छ । यसरी अष्ट्रेलियाबाट वन्यजन्तुको तस्करी गरेको अपराधमा १० वर्षसम्म जेल सजाय र २ लाख १० हजार डलरसम्म जरिवाना हुने प्रावधान रहेको छ । [quote float=”right” by=”ABF Commandar”]अष्ट्रेलियन बार्डर फोर्सका कमान्डर ओ डोनिलले भने, “हामीले राज्य र संघीय संरचनाहरुसँग तस्करीको प्रयासहरुलाई निस्तेज पार्न एकदमै सूक्ष्म तरिकाले खोजविन गरिरहेका छौं ।”[/quote] पार्क एण्ड वाईल्डलाईफ सर्भिस अभिसर माट स्वानले भने “एशियाका विभिन्न बजारमा अष्ट्रेलियन वन्यजन्तुको कालो बजार ठूलो रहेको छ । यसैकारण संगठित तवरमा विभिन्न व्यक्तिहरुलाई प्रयोग गरी अपराध गर्नेहरुको संख्या बढेको पाइएको छ । यसलाई रौक्नु हाम्रो दायित्व हो ।”

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?