सिड्नीको नेपाल फेष्टिभलका संयोजकले गरे क्षमा याचना, संविधान विपरित कुनै कार्य हुन नदिने
गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष एवं न्यूसाउथवेल्स राज्य समन्वय परिषद्का संयोजक नन्द गुरुरगले सिड्नीको नेपाल फेष्टिभलमा लापवाृही भएकोमा क्षमायाचना गरेका छन् । उनले संघको आयोजनामा गरिने कुनैपनि कार्यक्रममा नेपाल सरकार, नेपाली र संविधानको भावना विपरित कुनैपनि कार्य हुन नदिने प्रतिबद्धता पनि जनाएका छन् । उनले गायक समिर आचार्य र आयोजक एनआरएनको संविधान विरोधी भावना फैलाउने उद्देश्य नभएको भन्दै यस्तो घटना हुन गएको भनेर माफी मागेका छन् । आगामी दिनमा समेत यस्तो द्दटना हुन नदिनका लागि सचेत बन्ने प्रतिबद्धना पनि उनको छ ।
एनआरएन अष्ट्रेलियाका प्रवक्ता डिला खरेलले उपलब्ध गराएको प्रेस विज्ञप्ती यस्तो छ