क्रिकेट खेलाडी जीवनबाट बाहिरिँदै शक्ति गौचन


लामो समयसम्म क्रिकेट मैदानमा चम्किएका क्रिकेटर शक्ति गौचन अब भने खेलाडी जीवनबाट बाहिरिने भएका छन् ।
सन् २००१ मा बंगलादेशमा भएको एसीसी यू–१७ एसिया कपदेखि अन्तर्र्रािष्ट्रय क्रिकेट सुरु गरेका शक्तिले २००२ मा सिंगापुरमा एसीसी ट्रफीबाट राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका थिए । अलराउन्डर खेलाडीका रूपमा पहिचालन बनाएका उनले आफ्नो खेलजीवनमा १ हजार रन बनाउने पहिलो खेलाडी बनेका छन् ।


३४ वर्षीय यी भेट्रान क्रिकेटरले अब भने यही शनिबार मंसिर २२ बाट हुने टीभीएस एभरेस्ट प्रिमियर लिग (ईपीएल) पछि संन्यास लिने बताए । इपीएलमा पोखरा राइनोजका मार्की खेलाडी शक्तिले यसैलाई जीवनको अन्तिम प्रतियोगिता हुने बताएका छन् । खेलाडी जीवनबाट बाहिरिले पनि उनले पूर्णरूपमा क्रिकेट विकासमा लाग्ने प्रतिबद्धता भने जनाएका छन् ।
वान–डे अन्तर्राष्ट्रिय खेलबाट शक्तिले जुलाईमा नेदरल्यान्ड्सबाट आफ्नो खेलजीवन टुंग्याइसकेका छन् । नेपालमा हुने अन्तर्र्रािष्ट्रय खेलबाटै पूर्णरूपमा संन्यास लिने उनको चाहना भए पनि नेपाल क्रिकेट संघ (क्यान) निलम्बनका कारण त्यो सम्भव नभएपछि ईपीएललाई आफ्नो अन्तिम प्रमुख प्रतियोगिता बनाउन लागेको उनले जनाए ।
पछिल्लो समय भने उनले राष्ट्रिय टोली र फ्रेन्चाइज क्रिकेटमा कम मौका पाउँदै आएका थिए । आफ्नो संन्यासबारे प्रस्टाउँदै शक्तिले भनेका छन्, ‘लगभग खेल जीवनबाट संन्यासको सोच बनाइसकेको छु । फ्रेन्चाइजी क्रिकेट यो मेरो अन्तिम हुन्छ ।
तर उनी खेलबाट बाहिर भने हुने छैनन् । उनी क्रिकेट विकासकै लागि लाग्ने बताउँदै आएका छन् । खेल जीवनपछि आफू सधैं क्रिकेटमै रहने यसअघि देखि उनले बारम्बार बताउँदै आएका थिए । र, उनी मुलुक र क्रिकेटका लागि लागिरहने छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?