अफ्रिका लगिँदै गरेका १३ नेपाली चेली फर्काइए


अफ्रिकी मुलुकमा हुँदै बेच्न लग्दै गरेका १३ नेपाली चेलीलाई मंगलबार भारतको बैंलोर र अहमदावादबाट उद्धार गरिएको छ । भारतीय बाटो हुँदै अफ्रिकी डान्सबार लग्न लागिएका ती केटीहरुलाई मंगलबार नै नेपाली जनसम्पर्क समितिले काठमाडौं ल्याइपुर्‍याएको छ ।
भारतीय गृह मन्त्रालय र त्यहाँस्थित नेपाली दूतावासको सहयोगमा समितिले उनीहरुको उद्धार गरेको हो । उद्धार गरेर काठमाडौं ल्याइएपछि समिति अध्यक्ष बालकृष्ण पाण्डेले भारतीय गृह मन्त्रालय नेपाली दूतावासका कारण सम्भव भएको विमानस्थलमा संचारकर्मीलाई जानकारी गराए ।
समितिले भारतको विभिन्न स्थानबाट अफ्रिकी मुलुकमा बेचिन लागेका ९१ नेपाली चेलीको पछिल्लो महिनामै उद्धार गरेको छ । समितिले दलालहरुसँग नक्कली कागजपत्रसमेत बरामद गरिएको जनाएको छ ।
दलालले ती चेलीको नक्कली कागजपत्र बनाएर अफ्रिकी विभिन्न मुलुकको डान्सबारमा बेच्न लग्दै गरेको पाण्डेले पत्रकारलाई बताए । उनले उद्धारबाट ल्याइएका चेलीको व्यवस्थापन गर्न सरकारसँग आग्रहसमेत गरेका छन् ।
सोही क्रममा पाण्डेले नेपाली चेलीलाई ललाइफकाई अफ्रिकी मुलुक पुर्‍याउने दलालमाथि कडा कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिने जनाए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?