एडिलेडको खुकुरी क्लबले गर्यो खेलाडी र प्रायोजकलाई सम्मान


रमन अधिकारी/एडिलेड

एक कार्यक्रमका बीच एडिलेड खुकुरी फुटवल क्लवले खेलाडी, स्वयंसेवक तथा प्रायोजकहरुलाई सम्मान गरेको छ। यसरी सम्मानित हुनेहरुमा यस बर्षको सर्बोकृष्ट फ़ुटबल खेलाडीमा कृष्ण मगर, प्लेयर अफ लिगको उपाधिमा राजीस महर्जन र मोस्ट भेलुएबल प्लेयरमा खगेन लिम्वु भएका छन्।

भर्खरै एडिलेडमा दिवंगत भएका निश्चल घिमिरेको संझनामा १ मिनेट मौन धारणा गरिएको उक्त कार्यक्रममा एकेफसीका अध्यक्ष कुमार पुष्प गुरुगंले स्वागत मन्तब्य गरेका थिए भने, क्लवको गतिविधि र आगामी बर्षमा गरिने कार्यक्रमको कार्यतालिकाको बारेमा क्लवका सचिव राजन लामिछानेले प्रकाश पारेका थिए साथै उनले फेब्रोबरी / मार्चमा हुने १२ बर्ष सम्मको बच्चाहरुको फुटबलको तालिम आयोजना भइरहेको र इच्छुकहरुले सम्पर्क गर्नु हुन अनुरोध समेत गरेका थिए।

साउथ अष्ट्रलियाका निकै संघ संस्थाका महानुभावहरु उपस्थितउक्त कार्यक्रममा बूमरैंग इन्टरनेशनलका आशीष वाग्लेले क्लवको उत्तरोत्तर प्रगतिको कामना गर्दै क्लवलाई सदैव सहयोग गर्ने बताएका थिए।

क्लवका सहयोगी तथा स्वंयसेवकहरुलाई क्लवका अध्यक्ष कुमार पुष्प गुरुगं तथा उपाध्यक्ष रमेशराज भण्डारीले सम्मान गरेका थिए। भने कार्यक्रमको संचालन प्राची श्रेष्ठ रोशना देवभण्डारीले गरेका थिए।
आगामी १९ जनवरीमा क्लवले वर्कसपको आयोजना गर्दैछ, जहॉ क्लवले आगामी ५ वर्षको लक्ष्य तय गर्ने बारेमा छलफल गर्ने कुरा रहेको क्लवका सचिव लामिछानेले बताए। स्मरणरहोस् वर्कसप आगामी ३० तारिकमा हुनगइरहेको एकेफसीको साधारणसभाको पुर्व तयारी पनि हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?