मोबाईलमा अश्लिल तस्वीर भेटेपछि मेलबर्न विमानस्थलबाट नै एक विद्यार्थी देश निकाला


अष्ट्रेलियामा आउँदै गरेका एक विद्यार्थी विमानस्थलबाट नै फर्काइएका छन् । उनी युएई हुँदै मेलबर्न आइरहेका पाकिस्तानी नागरिक थिए । उनको मोबाईलमा बालबालिकाको अश्लिल तस्वीर भेटिएको अष्ट्रेलिया सीमा बलले जनाएको छ । उनको व्यागेज चेकजाँच हुँदा शंका लागि अधिकारीहरुले फोन पनि जाँच गरेका थिए । 

यस्ता साम्री देख्ने बित्तिकै उनको भिसा क्यान्सिल गरिएको थियो भने अध्यागमन ऐन १९५८ अनुसार उसलाई नियन्त्रणमा लिएर अष्ट्रेलियाबाट फिर्ता पठाइएको थियो । अष्ट्रेलियन बोर्डर फोर्सका क्षेत्रयि कमान्डर सिराग पाल्मर भन्छन्, “बाल दूराचारका सामग्रीहरुका लागि अष्ट्रेलियामा कुनै ठाउँ छैन । यस्तो गर्ने, हेर्ने र बोक्ने व्यक्तिहरु तत्कालै देश निकाला गरिनेछ ।” उनले अगाडि थपे, “हाम्रा अभ्यस्त अधिकारीहरु हरेक दिन लाखौं यात्रुलाई हेरिरहेका हुन्छन् । तिनमध्ये समूदायलाई असुरक्षा हुने मानिसहरुको निगरानी पनि उत्तिकै चनाखो भएर गर्दछन् ।” यसअघि पर्थबाट पनि यस्तै घटनामा केही आप्रवासीहरुलाई विमानस्थलबाट नै फर्काइसकिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?