राजीनामा दिन नमानेपछि अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा बर्खास्त
अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा सरकारले फिर्ता बोलाएको छ । आफ्नै चालकले आर्थिक अयिमितता गरेको आरोप लगाए पछि सरकारले छानविनका लागि भन्दै उनलाई काठमाडौं बोलाएको थियो । उनी काठमाडौं पुगे लगत्तै उनका श्रीमान न्वांग सोनाम शेर्पालाई समेत सरकारले स्पष्टीकरणका लागि काठमाडौं नै बोलाएको थियो । मन्त्रालयले यस विषयमा छानविन गर्नका लागि गठित टोली समक्ष आफ्ना भनाई लिखित र मौखिक रुपमा राखेकी राजदूत लक्की शेर्पालाई कायम राख्दा यसले अन्तर्राष्ट्रिय तहमा छवि राम्रो नहुने ठहर गर्दै परराष्ट्र मन्त्रालयले राजीनामा दिन सुझाएको थियो । [quote by=”MNTV AUSTRALIA”]निष्कर्शमा यत्ति भन्न सकिन्छ, नजिकका व्यक्तिको घात, हठी र अपारदर्शी स्वभाव अनि अदूरदर्शी सल्लाहकारहरुको कारण अपमानित तवरमा हट्न पुगिन् राजदूत लक्की शेर्पा ।[/quote]राजदूत शेर्पाले आफुले राजीनामा नदिने बरु यो विषय अन्तर्राष्ट्रिय अदालतसम्म लैजाने बताएपछि सरकारले बर्खास्त गर्ने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो । उनलाई लागेको आरोपमा सरकारको छानविन र ठम्याई के हो भन्ने कुरा आइसकेको छैन ।
सक्रिय थिइन् राजदूत
अष्ट्रेलियाका लागि नेपाली राजदूत नियुक्त भएपछि करिब डेढ वर्ष अघि यहाँ आएकी राजदूत शेर्पा निकै सक्रिय थिइन् । उनले दुईपक्षीय सम्बन्धलाई बलियो बनाउनका लागि आफ्नो सक्रियतालाई सदुपयोग गरेकी थियन् । यहाँको विदेशमन्त्रीसँग सिधै सम्पर्क समेत बनाउन सफल उनले नेपालमा अष्ट्रेलियाबाट उच्चस्तरीय भ्रमण गराउने आफ्नो पहिलो एजेन्डा रहेको बताउँदै आएकी थिइन् । नेपाली समूदायका हरेक कार्यक्रममा उपस्थित हुने राजदूत शेर्पाले एक वर्षकै अवधिमा दूतावासमा टेलिफोन उठ्दैन भन्ने समस्यालाई समाधान गर्दै दूतावास भवनका लागि जग्गा खरिद गर्ने कार्यलाई पनि निष्कर्शमा पर्याएकी थिइन् ।
यस्तै आफ्नै कार्यकालमा दूतावास भवन निर्माण गरिसक्ने लक्ष्यका साथ उनले यसको नक्सा पारित गर्ने, आवश्यक बजेटको व्यवस्था गर्ने लगायतका काम गरेकी थिइन् । न्यूजिल्याण्डको लागि गैरआवासीय राजदूत समेत रेकी उनले पहिलो पटक खुला स्थानमा नेपाल फेष्टिभल आयोजना गर्न सहयोग गरेकी थिइन् । उनलाई सुरुमा स्वागत गर्दाखेरी जुन रौनक र उत्साह अष्ट्रेलिया र न्यूजिल्याण्डमा देखिएको थियो त्यसलाई तिव्रताका साथ अघि लैजादै राजदूत शेर्पाले दुईपक्षीय सरकारी संयन्त्र निर्माण गर्नुका साथै यसको बैठक काठमाडौंमा समेत गराउने सफलता पाएकी थिइन् । यहाँको सांसदहरु सम्मिलित अष्ट्रेलिया नेपाल सहयोग समूह पनि उनले निर्माण गरिन् । यस्तै नेपाल र अष्ट्रेलियाबिच हवाई नेपाल वायुसेवा निगमको हवाई सेवा सञ्चालन हुनुपर्छ भन्ने अभिप्रायले लविंगमा समेत व्यस्त थिइन् । नेपाल डे नामाकरण गरी दूतावासले अष्ट्रेलियाको नेपाली समूदायलाई योगदान दिने स्वदेशी र विदेशीलाई सम्मान गर्ने परम्पराको समेत उनले थालनी गरेकी थिइन् । यस्तै पछिल्लो पटक राजदूत शेर्पाले जर्नी टु नेपाल नामक अभियान मार्फत अष्ट्रेलिायबाट नेपालमा लगानी लैजाने, पर्यटन प्रबद्र्धन गर्ने अभियान सञ्चालन गर्ने तयारी गरेकी थिइन् ।
कहाँ चुकिन् उनी
राजदूत लक्की शेर्पाले राजदूतको रुपमा आफैंसँग आफ्नो लागि अधोगतिको कारण पनि लिएर आएकी थिइन् । उनको ड्राईभर वांग्छु शेर्पाले अष्ट्रेलियामा आउँदादेखि नै उनलाई तनाव दियो । निजले आफुलाई कम तलबमा काम गराइएको भनेर यहाँको परराष्ट्र मन्त्रालय, श्रम विभागमा उजुरी मात्र गरेन पछिल्लो समय राजदूत शेर्पाको श्रीमान मार्फत ३३ लाख रुपैयाँ बुझाएर आएको आरोप लगाएको थियो । यस्तै आफ्नी श्रीमतीलाई समेत कामदारको लागि यहाँ ल्याउन सिफारिश गराउन सफल बनेको वांग्छुले त्यसका लागि समेत राजदूत शेर्पाले पैसा मागेको बताएका थिए । एमएनटीभीसँगको अन्तर्वार्तामा उनले आफुलाई यो कुरा बाहिर नलैजानका लागि प्रलोभन आएको समेत बताएका थिए ।
राजदूत शेर्पाले ‘दूतावासबाट एक कर्मचारी बाहिरिएको‘ सूचना अष्ट्रेलियाको समूदाय र मिडियालाई एक वर्षअघि नै दिएको भए शायद यो दृश्य फरक पनि हुन सक्थ्यो । यस्तै यो आरोप लाग्ने वित्तिकै उनले आफ्ना कुराहरु स्पष्ट पार्नका लागि पारदर्शी ढंगले आफुलाई उभ्याएको भए आजको स्थिति नआउन पनि सक्थ्यो । तर, उनले यस विषयमा खासै चासो दिएको पाइएन । यहीँनेर चुकिन् उनी ।
अर्कोतर्फ, राजनीतिक नियुक्तिबाट राजदूत बनेकी शेर्पाले अष्ट्रेलिया आएपछि प्रतिष्ठित व्यक्तिहरुसँग सम्पर्क बढाउने तर आफैंलाई सिफारिश गर्ने संस्थाका सदस्यहरुलाई भने बेवास्ता गर्ने गरेको पनि आरोप लागेको थियो । केही प्रवासी संगठनले अब फर्किएर आउँदा उनलाई अष्ट्रेलियामा काम गर्न अप्ठेरो हुने आशय सहितको पत्र आफ्ना निकायहरुमा पठाएका थिए ।
विपक्षी दल नेपाली काँग्रेसको प्रवासी संगठनले उनको विरोध गर्दै उनी सहभागी हुने कार्यक्रम बहिष्कार गर्ने चेतावनी दिएको थियो । नेपालमा काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वक्तव्य नै निकालेर राजदूत शेर्पामाथि छानविनको माग गरेका थिए ।
निष्कर्शमा यत्ति भन्न सकिन्छ, नजिकका व्यक्तिको घात, हठी र अपारदर्शी स्वभाव अनि अदूरदर्शी सल्लाहकारहरुको कारण अपमानित तवरमा हट्न पुगिन् राजदूत लक्की शेर्पा ।
हेर्नुहोस् वांग्छु शेर्पाले राजदूत शेर्पामाथि लगाएको आरोपको यो अन्तर्वार्