आज ब्रिसबेनमा एक्स्पर्ट क्रिकेट फेष्टिभल, एडिलेडमा शुक्रबार, क्याप्टेन पारस खड्का पुग्ने


एक्सपर्ट क्रिकेट फेष्टिभलको ब्रिसबेन संस्करण आज हुँदैछ । स्थानीय जोय लाम्ब्राट ड्राईभ, टिंगाल्पामा भइरहेको एक्स्पर्ट क्रिकेट फेष्टिभलमा नेपाली राष्ट्रिय क्रिकेटका कप्तान पारस खड्का, धनगढी ब्लूजका म्यानेजर सुवास पण्डित, क्याप्टेन दिपेद्र ऐरी सहभागी छन् । उपस्थित बालबािलकाहरुको लागि क्रिकेट क्लीनिक, खेलाडीहरुसँग साक्षात्कार र नेपाली समूदायमा क्रिकेट खेलको किवासका लागि के गर्न सकिन्छ भन्ने विषयमा अन्तरक्रिया हुनेछ । क्इाप्टेन पारस खड्काले क्रिकेट फेष्टिभलको आयोजनाबाट नेपाली क्रिकेटलाई समूदायको तल्लो तहसम्म लैजान सहयोग पुगेको बताएका छन् । आजको कार्यक्रम सकेर पारस खड्कासहितको टोली एडिलेड जानेछ ।

एडिलेडमा यस्तो छ कार्यक्रम

केही दिन यता अष्ट्रेलियामा विभिन्न कार्यक्रममा सरिक हुदै आएका नेपाली क्रिकेट कप्तान यही आउदो १० तारिकबाट १२ तारिक सम्म एडिलेडका विभीन्न कार्यक्रम र भेटघाटमा सरिक हुने एडिलेड नेप्लिज क्रिकेट एशोशिएसनका सदस्य बिकाश सुवेदीले बताए। विशेष गरी ११ तारिकमा ९ बजेबाट १२स्३० बजे सम्म हुने नेपाली केटाकेटीहरुको खेलमा सरिक हुने, स्थानीय साउथ अष्ट्रेलियन क्रिकेट बोर्ड र खेलाडी संग भेटघाट हुने साथै पारस खड्का ११ भर्सेस दीपेन्द्र ११ खेल पनि हुने कार्यक्रम रहेको छ। यो सम्पुर्ण कार्यक्रम स्थानीय क्रिकेट खेल मैदान पार्क २५, पोटरोडमा हुनेछ। यो कार्यक्रमको आयोजक एक्स्पर्ट कन्सल्टेंसी एन्ड भिषा सर्भिसेसले गरेको हो भने सहकार्य एडिलेड नेप्लिज क्रिकेट एशोशिएसनले गरेको हो। – रमन अधिकारी

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?