साउथ अष्ट्रेलियामा पहिलो नेपाली बास्केटबल प्रतियोगिता सम्पन्न


 

नेप्लिज एडिलेड बास्केटबलको आयोजनामा एडिलेडमा पहिलो पल्ट बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ । कुल ८ बटा टिमले प्रतिस्पर्धा गरेको उक्त प्रतियोगिता थ्री अन थ्री तरिकाले खेलाइएको थियो । शुरुबाट नै निक्कै प्रतिस्पर्धा चलेको उक्त प्रतियोगितामा दर्शकहरुले खेलाडीहरुको खेल हेरेर रमाइलो लिएका थिए । फाइनलमा नेप्लिज एडिलेड बास्केटबल नर्थले नेप्लिज एडिलेड साउथलाई ६९ को बिरुद्व ४९ ले जितेको थियो। यो प्रतियोगितामा धेरै स्कोर गर्न रहेन धमला सफल भए भने उत्कृष्ट रक्षकमा अभिषेक श्रेष्ठ र सर्वकृष्ट खेलाडी रुद्र गरबुजा घोषित भएका थिए। कार्यक्रममा एनआरएन साउथ अष्ट्रेलियाकी उपाध्यक्ष रेनुका लामा र ग्रेसइन्टरनेशनलका डाइरेक्टर प्रकाश थापाले खेलाडीहरुलाई संयुक्त रुपमा पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?